Blog Details

cateringpal
दरबारको सुविधा र सम्पन्नताबीच उनको मलीनता पदमपाणी चित्रले दर्शाउँछ । त्यहि दुख्ख आफू भित्रबाट मात्र हटाउन त सङ्गीत तथा मनोरञ्जनमा लिप्त हुँदा पनि सक्थे होला । तर, उनलाइ समाज पुरैलाइ दुख्खबाट मुक्ति पाउने उपाय खोज्ने ज्ञान चाहिएको थियो ।

ढुङ्गेश्वर पहाड

20 Feb, 2025

ढुङ्गेश्वर पहाड

यो पहाडको फेँदैतिर एउटा गुफा छ । त्यो गुफामा बुद्ध ६ महिनासम्म ध्यान गरेर बसेका थिए ।

बुद्ध कपिलबस्तुको दरबार तथा सुविधा छाडेर ज्ञानको खोजिमा हिंडेका थिए । दरबार छाडेदेखिको समय र अवस्थाको कल्पना गर्ने गर्छु । अन्दाज गर्ने गर्छु । त्यहि ज्ञान खोज्ने र दुख्खको अनुभव बटुल्दै यो ढुङ्गेश्वरी पहाडमा पुगेका रहेछन् । म पनि पुगें । त्यो पहाडको फेँदमा ध्यान बस्न मिल्ने गुफा छ भन्ने उनलाइ थहा थिएन होला । उनी पहाडमा कहाँ बसेर ध्यान गरूँ भनेर सहज ठाउँ खोज्दै हिड्दै गरेको हुनुपर्छ । अध्ययन अनुसन्धान गरेका भिक्षुहरू र प्राध्यापक एवं लेखकहरूले पनि त्यसै भन्ने गर्छन् । ज्ञानको खोजी गर्दै विहारको गया क्षेत्रमा नै बुद्ध पुग्नुमा पनि निश्चित परिस्थिति रहेको हुनुपर्छ ।

धेरै ऋृषिहरू त हिमाली पहाडी भेकमा तपास्या गरेको कथनहरू सनातन ग्रन्थहरूमा भेटिन्छन् । तर, उनी भने चिसा हिमालका नजिक नगएर गंगाको मैदानको न्यानो भागतिर जानुको परिवेश पनि थियो होला । उनी आफूले खोजेको ज्ञान सिकाउने गुरू नभेटेका पनि हुनसक्छन् । गुरूहरूका ज्ञानगुनका तर्क र विचारमा उनी सन्तोष भएनन् । आफैले ज्ञान खोज्न खोजेको पनि देखिन्छ ।

दयानन्द सरस्वती पनि सनातनि कथनहरूबाट असन्तोष भएर सही ज्ञान सिकाउने गुरू खोज्न धेरै समय भौतारिएका थिए । उनलाइ ब्रिजानाथ गुरूले सिकाएको ज्ञान र बुद्धले प्राप्त गरेको ज्ञानमा सामिप्यता पाउँछु । गुरू दक्षीणाको ऋृण तिर्न दयानन्दले गरेको ऋृगवेदको अनुवाद र सत्यार्थ प्रकाश पुस्तक पनि सहि ज्ञान जगतमा फैलाउने प्रयास भन्ने देखिन्छ । बुद्धले पनि प्राप्त ज्ञान फैलाउन संघ बनाएको र शिष्यहरूलार्इ जिम्मा दिएको प्रसङ्ग मिल्दोजुल्दो पाइन्छ ।

दयानन्दले गुरूबाट प्राप्त गरेको अद्वेतवादी ज्ञान र बुद्ध ज्ञान मैले उस्तै पाउँछु । मानिशको मस्तिश्कको अवस्था नै दुख्खको कारण हो । त्यसको न्यूनिकरणको उपाय हुन सक्छ भन्ने दुवै दर्शनको निचोड हो भन्ने मेरो बुझाइ छ । द्वेतवादी वेदान्त तथा बाहिय चेतनानै दुख्ख र सुख्खको कारण हो भन्ने तर्क गर्न सजिलो छ । त्यहि तर्कमा विश्वास नभएर वास्तविक ज्ञान खोज्न दयानन्द र शिद्धार्थ भौतारिएका थिए ।

जुन गुरू भेटिन्छ उनैसङ्ग शिक्षा ग्रहण गर्ने र चित्तबुझ्दो ज्ञान दिने अर्को गुरू खोज्ने गर्दै दयानन्द हिडे । तर, बुद्ध भने गुरूबाट शिक्षा प्राप्त हुनेमा विश्वस्त नभएर ढुङ्गेश्वस पहाड पुगेछन् । इशापूर्व पाँचौ शताब्दिका बुद्ध र १९सौं सताब्दिका दयानन्द अर्थात २३ सय वर्ष बीचका गुरूका ज्ञानमा पनि फरक त हुने नै भयो ।

त्यो ढुङ्गेश्वर पहाड पुग्नु पहिले तथा दरबार छाड्नु पहिलाको बुद्धको अवस्था दर्शाउने पदमपाणी चित्र बनाइएको हुनुपर्छ भन्ने मेरो बुझाइ छ । समय कालखण्डमा पदमपाणी चित्रमा पनि विविधता भेटिन्छ । अजन्ताको फुफामा बनाइएको पदमपाणी चित्र भने धेरै पुरानो हो । इशापूर्व २ शताब्दिको हो । त्यसमा गहना लगाएका, यूवा उमेर र हातमा कमलको फूल समातेका मलिन बुद्ध देखाइएको छ । दरबारको सुविधा र सम्पन्नताबीच उनको मलीनता उक्त चित्रले दर्शाउँछ । त्यहि दुख्ख आफू भित्रबाट मात्र हटाउन त सङ्गीत तथा मनोरञ्जनमा लिप्त हुँदा पनि सक्थे होला । तर, उनलार्इ समाज पुरैलाइ दुख्खबाट मुक्ति पाउने उपाय खोज्ने ज्ञान चाहिएको थियो ।

त्यस्तो ज्ञान खोज्ने क्रममा ध्यान बस्ने गुफा जस्तो उपयूक्त ठाउँको खोजीमा त्यो पाहाड चेढेका थिए । हिंडेका थिए । त्यहि विश्वास लिएर म ढुङ्गेश्वर पहाडको उकालो निस्कन हिंडे । मलार्इ सुरक्षा भाव जगाउने साथमा मोबाइल फोन थियो । जुत्तादेखि पानीका बोतलसम्मको सुविधा थियो । तर, बुद्ध त्यो उकालो चढ्दा न उनिसङ्ग मोबाइल थियो न त अरू नै सुविधा थियो । थियो त उनीसङ्ग ज्ञान भेटाउने हुट्हुटि ।

म ट्वाइलेट र परखालको बीचको खालीभागबाट छिरेर गोरेटो पच्छाउँदै उकालो लागें । त्यहाँसम्मको चहलपहलको सीमाना नाघेर एक्लो अवस्थाको आनन्दमा रमाउँदै उकालो चढ्दै गएं । केहि कदम उकालो उक्लिएपछि साना साना रूखहरू पनि हराउँदै गए । गोरेटो पनि हो कि हैन, मान्छे उकालो हिड्छन कि हिड्दैनन होला जस्तो देखियो । तर, सानो छँदा हाम्रो गाउँबाट नुन, मट्टितेल, मसला, कपडा इत्यादी किन्न जाने पत्थरकोट बजारबाट गाउँ फर्कँदा चढ्ने उकालो पनि यसभन्दा धेरै फरक थिएन । नाके उकालो भनेर चिनिने उकालो । नुनबोक्ने ढक्रेहरूको लर्को, पसिनाको गन्ध र सुस्केराहरू सुन्ने सम्भावना अहिले भने थिएन । म एक्लो थिएं । खुट्टा चिप्लिएर नलडियोस भनेर सतर्कताका साथ एउटा ढुङ्गाबाट अर्को ढुङ्गामा पाइला सार्थें ।


त्यो नाके उकालो थोरैमात्र के चढेको थिएं एउटा कुकुर पनि आइपुग्यो । कुकुर पछिपछि लागेको देखेर तर्कना जागे । द्वेतवादी अध्यात्मिक भावनाका चैतन्य प्रभू र पुर्वजन्मका कथनहरू कतै सत्य पो हुन कि भन्ने भावनामा कुरा मनमा खेले । तर, त्यता कोहि पनि मान्छेको सुइको थिएन । आकाश सफा हुँदै गएकोले विहानको पारिलो घामले आनन्दित तुल्यायो । जनवरी महिनाको गयाको चिसो छेक्न शरीरमा बाक्ला कपडा थिए । ती कपडा टेम्पोको चिसो छेक्न अपर्याप्त हुँदै थिए । तर, उकालो चढ्दा ज्यान तात्दै गएपछि शरीरका कपडा झन्पछि झन् भारि हुँदै गए । तर, पनि खासै पसिना झर्न अझै थालेको थिएन । निधार पसिनाले अझै भिजेको थिएन । लालीमय घामले न्यानो दिँदैगरेको निधारमा चिसो हावाले छुँदा मज्जा लाग्न थाल्यो ।

उकालो चढ्दै जाँदा एउटा नेटो भेटियो । त्यहाँबाट गोरेटो पारिपट्टि ओरालो लाग्दोरहेछ । म त्यो पाहाड चढ्नथाले तिरको जस्तै फाँट पारि पट्टि पनि देखियो । हरियाली फाट रमणिय देखियो । म चढेको उकालो बाटो अप्ठेरो भएकोले अलि साजिलो बाटो खोज्न त्यो पहाड चढ्ने भिक्षुहरू त्यताबाट आउने हुनाले गोरेटो देखिएको जस्तो लाग्यो । त्यो नेटोमा पुग्दा दुर्इवटा कुकुर भेटिए । दुवै कुकुर हल्का गेरूवा रङका थिए ।

मेरा सहयात्री साथीले पनि पहाड चढ्नमा साथ दिएका भए त्यो पहाड पुरै हिडेर अनुभव बटुल्ने मेरो मनलाइ मैले परिवर्तन गरें । एक्लो भएपछि पहाडको दायाँ तिरको भेगमा नजाने वायाँ तिरको गोरेटो समाउने निधो गरें । त्यो नेटोमा पारिपट्टिका फाँटको दृष्यमा रमाउँदै न्यानो सूर्यका किरणको मधुर स्पर्शमा रमाएर एकछिन विश्राम लिएं । मेरो मनले भने 'हिंड अलि माथिको टुप्पमा जाम' भन्दै मलाइ धेरै विश्राम नगरि छिटो हिंड्न फकाउँदै थियो । शरीरले भने पसिना निस्कनै थालेको उकालो चढ्दाको थकाइको सुस्तता खोज्दै थियो । एकैछिनमा मनको सल्लाह शरीरले स्वीकार गरेपछि बायाँ तिरको गोरेटो समाएर उकालो लागें । ती दुइ कुकुर त्यपछि मेरा वरिपरि देखिएनन् । गोरेटो हेर्दा धेरै मान्छे नहिँडे पनि हरेक दिन दुर्इ चार जना त त्यो पहाड चढ्न आउँदारहेछन् भन्ने पुष्टि हुन्थ्यो ।

म एक्लै थिएं तर रमाइरहेको थिए । विहानका सूर्यका लाली किरण र हल्का हावाले मधुर सङ्गीतमा मलाइ मनोरञ्जन गराउँदैथिए । हरिया विरूवा थिएनन् तर खैरा पोथ्राहरू कतैकतै देखिन्थे । कुकुरहरूले मलाइ साथ दिएको ठाउँसम्मको ठाडै उकालो भन्दा अलि सजिलो उकालो गोरेटो हिड्दै गएं । अलि अगाडि एउटा फलामको टावर जस्तो देखियो । अझै अलि उकालो हिँडेपछि त्यहाँ पुग्छु भन्ने थियो । उकालोमा धेरै छिटोछिटो हिड्ने आँट र आश दुबै थिएन । शरीरले थेग्ने जति बल गरेर पाइलाहरू उकालोमा बढाउँदै गएं । त्यो टावर नजिकिँदै गएपछि त्यहाँ धुवाँ पुत्याएको देखियो । गोरेटो बाटो पनि त्यहिं पुग्यो ।


त्यो टावरको छेउँमा दुर्इ ब्यक्ति देखिए । एक यूवा पुरूष भारत मुलका र अर्की यूरोप तिरको गोरो रङ भएकी करिव २५ वर्ष जति उमेर अन्दाज गर्न सकिने यूवती बसेका रहेछन् । यूवकले एउटा ताप्केमा तरकारी पकाउँदैरहेछन् । यूवती थोरै पर बसेकी थिइन । अङ्ग्रेजी भाषामा सम्बाद गर्न यूवतीले भन्दा यूवकले सकज लबज निकाल्दै थिए । नभन्दै यूवती स्वीट्जरल्याण्डकी रहिछन् । यूवक गोवाको हुँ भन्दै थिए । हाम्रो मिठो सम्बाद भयो । प्याकेटबाट मिक्स भेजिटेबल झिकेर पकाउन थालेको साक्षीका रूपमा छेउँमा प्लास्टिकको खोल थियो । यूवकले उनीहरू त्यही रातकाटेर बसेको जानकारी दिए । ब्रेकफास्ट बनाउँदै छु, आउनुस वाडीचुडी सङ्गै खाउँ भनेर अनुरोध गरे ।

इन्टरनेटमा लेखेको पढ्दा डाडाँमा भेटिने भिक्ष्छुको जुन कल्पना दिमागमा थियो त्यो भन्दा फरक पहिरनमा थिए उनीहरू । टर, झट्ट मनमा उब्जियोः पहिरन मात्रै भिक्ष्छुको पहिचान होइन । मलाइ खाउँ खाउँ पटक्कै लागेको थिएन । साथमा बोकेका बिस्कुट नम्किन पनि त्यत्तिकै थिए खाएको थिइन । हुन त विहानको नास्ता गर्ने समय भने भैसकेको थियो । पानीको बोतलमा पानी थोरै मात्र बाँकी थियो । त्यहाँबाट देखिएको पहाडको टुप्पो पुग्न अझै उकालो हिंड्नु पर्ने थियो । मैले नास्ता खान साथ दिन नसक्ने हुनाले उनीहरूसङ्ग माफी मागें । उनीहरूसङ्ग विदा भएर मैले गोरेटो बाटोमा पाइला चाल्दै गएं ।


एकठाउँ पहरामा वारिदेखि पारिसम्म रस्सीमा बौद्ध संस्कृतिका पताका झुण्इएको थियो । कतै कतै सिल्क कपडाका खादा जस्ता कपडा बुट्यानहरूमा बाधिएको थियो । धर्म कमाइने विश्वासमा धर्मावलम्बिहरूको कृयाकलाप झल्किन्थ्यो । म भने त्यस्ता प्रचलनको साक्षी मात्र बनेको थिएं ।

उकालो उक्लँदै गएपछि एउटा थुम्कोमा पुगें । थुम्कोमा धेरै पुराना इटा जोडेर स्तुपा बनाइएको रहेछ । स्तुपाले त्यो स्तुपा बनाउने मान्छेको भार्मिक भावना जनाइरहेको थियो । थुम्को सम्मो थियो त्यसैमा इटा जडान गरेर त्यो टुप्पामा समथर पारिएको रहेछ । तर, धेरै क्षेत्रफल छैन । लम्पसार परेर तीन जनासम्म सुत्न मिल्ने गोलाकार ठाउँ रहेछ । त्यो थुम्को पारि अझे अर्को झनै अग्लो थुम्को देखियो । त्यहाँबाट थोरै ओरालो झरेपछि फेरि उकालो लागें । पच्चीस पाइला जनि मात्र थियो त्यो ओरालो ।

उक्लिँदै उक्लिँदै टुप्पमा पुग्दा त्यहाँ पनि इटाको उस्तै स्तुपा बनाइएको रहेछ । त्यहाँबाट पारिपट्टि पनि अर्को थुम्को देखिन्थ्यो । तर, त्यो पहाड झरेर अर्को पहाडै चेढेपछि बल्ल त्यहा पुगिने जस्तो देखियो । अनुभव बटुल्न खोजेको जस्तो सामान्य ज्ञान प्राप्त भएको अनुभव हुँदै थियो । फेरि उत्ति, उस्तै उक्कालो चढेपछि पनि यो भन्दा फरक अनुभव र अनुभूति गर्न पाइने जस्तो नि लागेन । त्यसैले अव फर्कने विचार जाग्यो । त्यहि टुप्पमा बोतलमा बचेको पानीले घाँटी भिजाएं । बोतल पनि रित्तियो ।

ज्याकेट खोलेर कम्मरमा बाधें । स्वीटर झिकेर झोलामा कोचरें । भोक लाग्ला र खाउँला भनेर बोकेको खाने कुराको झोला त्यत्तिकै थियो । थुम्काबाटै साथीलाइ फोन गरें । मेरो सेतो झोला हल्लाउँदै देखिन्छ त तलबाट ? भनेर सोधें ।

साथीले आफ्ना आँखामा समस्या भएकोले टाढा नदेख्ने हुँदा टेम्बोवाल भाइलाइ सोध्नु भयो । टेम्पोवाला भाइले टुप्पामा मलाइ देखेको बताउँदै गरेको मैले फोनमा नै सुनें । जे होस त्यत्ति अग्लो पहाड नभएकोले टुप्पामा पुग्दा तलैबाट मान्छेको आकृति देखिने तर ब्यक्ति खुला आँखाले नचिनिने रहेछ ।

त्यहाँबाट झरेपछि हामी पहिला बुद्धलाइ सुजाताले खीर खुवाएको ठाउँ पुग्ने र बोधिवृक्ष जाने योजना बनाएका थियौं । मेरा साथीले अनुमान गरेको भन्दा धेरै कम समयमा म त्यो पहाडको टुप्पामा पुगेर फर्किएको थिएं । पहाड चढ्दै गर्दा जहाँबाट कुकुरहरूको साथ छुटेको थियो त्यहिँ निर दुइ कलीला ठीटाहरू भेटिए । उनिहरूलाइ लागेको लत जनाउँदै पर्यटकसङ्ग पैसा माग्न थाले । मैले भोकलागेमा खान भनेर बोकेको विस्कुट र बदामको पोको उनीहरूलाइ बुझाएं ।

Recent Blogs

Comments

Write comment »