फरक मत - Blog Details

Blog Details

फरक मत
ब्याकरण विगारेर लेखिएको कथा

फरक मत

08 Jul, 2025

Text Reader Controls

1.0
1.0
1.0
Loading voices...

फरक मत


सुन्ने लिङ्क


मेनुका सवै पाना
वल्टाइ पल्टाइ गरी
चीया खाने बिचार बनाइ
हैन हैन भनी र
कफी पिउने मन बनाइ


सुरूप्प फीजसहितको गाज तानी
पन्ना पल्टाइ र वेटरलाइ
हाँसको मासुसहितको चाउमिन
अर्डर गरी


केही पर पुगेको वेटरलाइ बोलाइ
हैन भो, मसाला डोसा ल्याउ भनी
उही वेटरलाइ फेरि फिर्ता बोलाइ
र,
ढिडोको थाली खाने नेपाली मन बनाइ


त्यहाँबाट निस्किएर भाटभटेनी छिरी
कपडा हेर्दै, छाम्दै गरी
ह्याङ्गरबाट तान्दै
हेल्परलाइ सोध्दै
रङ् छानी
अर्को रङ मनपराइ
लगाएर ऐनामा हेरी
चिटिक्क परेको ठानी
किन्ने मन बनाइ


फेरि अर्को पहिरन
अन्दाज गरी
मन परेको ठानी
पैसाको भाउ ताउ
वजन गरी


हैन भो पहिलाकै किन्छु भनी
विचार गरी
अर्को पसल चाहार्छु भनी
निस्की


पार्कमा बसेर
ल्यापटप खोली
सर्बोच्चको फैसला पढी
मोबाइलमा शोसल मिडिया
क्लीक गरी
धेरै न्यायाधिशका धेरै मत देखी
र लेखी
मान्छे न्यायाधीश हुन पाउन्न
फरक विचार राख्न पाउन्न
अब एआइलाइ न्यायाधीश बनाउने हो
अल्गोरिदम न्यायमिश्रीत
डोपामिनको घुट्को नीली
चिड्चिडिएर बाटो लागि


श्रीमानको कुरै नसुन्ने
हिजो आज उ
अराजक भएकी छ
हुकुम प्रमाङ्गी खोज्ने भएकी छ ।

Leave a Review

Reviews (0)

No reviews yet. Be the first to review this blog!