Blog Details

cateringpal
त्यहाँको म्यूजियम लगायतका संरचना निर्माणाधिन नै रहेछन् । हुज्यानको स्मारक भवन भने सञ्चालन मै रहेछ । हुज्यानले गरेको चिन लउयाङदेखि भारतसम्म यात्राको विवरण, उनले लेखबद्ध गरेका नालन्दाका विवरण, चित्र, मुर्ति बनाइएका भेटिए । लेखबद्ध पारेर अनुसन्धान विवरणहरू प

नालन्दा महाविहार यूनिभर्सिटि जनवरी १८, २०२५

05 Feb, 2025

नालन्दा महाविहार यूनिभर्सिटि जनवरी १८, २०२५

हामीले नालन्दा महाविरा यूनिभर्सिटीका लेखापालसङ्ग कुरा गर्दैगर्दा क्यान्टिनमा सरसफाइ हुँदै थियो । फ्लोर पुछेर पंखा चलाएपछि त्यहाँका माखाको भिड पनि हरायो । यता हामी बसेको आँगनमा घाम चर्कँदै थियो । तात्दै गएपछि हामीले पहिला ज्याकेट र अझ एकछिनपछि स्वीटर पनि खोलेर आफू बसेको कुर्सीको पछाडि झुंडाउँदै गयो । त्यहाँ कार्यरत प्राज्ञ दार्जिलिङका नेपाली अमन तामाङ लगायत स्थानीयले यो वर्षको पहिलो न्यानो दिन भएको बताए । जाडो याम सुरूभएदेखि पहिलो न्यानो दिन । हामी त त्यस ठाउँको लागि नयाँ थियौं । त्यसैले अघिल्ला दिनहरू कत्तिको चिास थिए भन्ने अनुमान गर्नु बाहेक विकल्प थिएन ।

क्यान्टिनको माखाको आतङ्क पनि हराएकोले हामीले त्यहीं दही र गोहुँका ताजा रोटी खायौ । रोटीको स्वाद बडो मिठो थियो । भारतमा मसला र पीरो बिहिन सादा खान खाने एउटा राम्रो विकल्प बन्यो दही रोटीको हाम्रो नास्ता ।

प्रोफेसर डा. नरेन्द्र तिवारीसङ्गको भेट हुन केहि घण्टा बाँकि थियो । त्यसैले हामी हुज्यान स्मारक तर्फ हिड्यौं । इलेक्ट्रिक टेम्पो चढेर हामी सुरक्षा बेरिकेडसम्म पुगेपछि हिंड्दै गेट भित्र छिर्यो । पर्यटक स्थलहरूका प्राय ब्यापारिक कलाकृतिहरू विक्री अवधारणाको भवनमा प्राथमिकतासाथ राखेको भेटिन्छ । स्थानीय सरकारको अर्थतन्त्रको उद्देश्य नै पनि होला । तर अलि बढिनै भ्रामक सूचना राखिए जस्तो लाग्यो । टिकट काउन्टर खोज्दा पहिला त्यता पो पुग्यौं । हामी झुक्किएर ब्यापार स्टलमा पुगेछौ । उद्देश्य नराखेको ठाउँमा पुगिएको चाल पाएर सोधपुछ गर्दा बल्ल टिकट काउन्टरमा पुग्यौं ।

त्यहाँको म्यूजियम लगायतका संरचना निर्माणाधिन नै रहेछन् । हुज्यानको स्मारक भवन भने सञ्चालन मै रहेछ । हुज्यानले गरेको चिन लउयाङदेखि भारतसम्म यात्राको विवरण, उनले लेखबद्ध गरेका नालन्दाका विवरण, चित्र, मुर्ति बनाइएका भेटिए । लेखबद्ध पारेर अनुसन्धान विवरणहरू पनि त्यहाँ राखिएका भेटिए ।

चर्पी अलि छुट्टै तथा अलग्गै राख्ने परम्परागत भारतीय प्रचलन अनुसार ट्वाइलेट अलि पर बनाइएको रहेछ । ट्वाइलेट भवनको छाना पनि प्यागोडा शैली अपनाएर चिटिक्क पारिएको रहेछ । नजिक पुगेरमात्र देखिने ट्वाइलेट भनेर चिनिने साना अक्षर र चिन्ह नदेख्दासम्म मेरा सहयात्री साथीले त मन्दीर बनाएको भन्ठान्नुभएको रहेछ । टाढाको दृष्य देख्न उहाँका आँखा अलि समस्याग्रस्त भएकोले पनि भ्रम भएछ । मैले ट्वाइलेट भन्ने चिनेर प्रयोग गर्न त्यता जाँदा लहलहैमा उहाँ पनि त्यता लाग्नुभएको थियो । त्यहाँ पुग्दा 'मन्दीर भनेको त ट्वाइलेट पो रहेछ' भन्नु भयो ।

प्रो. तिवारीसङ्गको भेटको समय मिलाउने चाँजो मिलाउन हामी त्यहाँ बाट निस्कियौं । त्यहाँ धेरै सूचनाहरू जान्नै पर्ने खालका थिए । तर, सवै पढ्न सम्भव भएन । त्यसैले ती सूचनाहरू फोटो खिचेर मोबाइलमा राखेपछि फुरसद हुँदा पढ्ने विकल्प अपनाएं । तर, त्यो विकल्प रोज्ने क्रमले संगालिएका पढ्नै पर्ने सूचनाका फोटा पढ्न धेरै समय लाग्ने अनुभव बटुलेको छु ।

त्यहाँका सूचना मध्ये बुद्धले बुद्धत्व प्राप्त गर्नु अघि छ महिना ध्यान गरेको बोधगया नजिकको पहाडको महत्व दिमागमा बस्यो । त्यसैले उक्त गुफामा पुग्ने र बुद्धले त्यो गुफा ध्यानयोग्य रहेको अवस्थामा भेटाउने गरी चाहारेको पाहाडका थुम्काहरूमा चढ्ने मन बन्यो । हाम्रो गन्तब्य नालन्दापछि त्यता सोझिंदै पनि थियो । त्यस अघि त्यो पहाड चढ्ने तथा त्यस बारेको जानकारी मलार्इ थिएन ।

त्यहाँबाट फर्कने यातायातको कमी देख्दा त्यो स्मारक तर्फ जाने पर्यटकहरू धेरै हुँदारहेनछन् भन्ने पुष्टि भयो । नालन्दाको महत्व जनस्तरमा विश्वभरि जसरि फैलिरहेको छ त्यसै अनुपातमा पर्यटक त्यो स्मारक तिरपनि थपिँदै जाने ठानेको छु ।

तिवारी सर आइपुग्ने समय हुनु अघि हामीले खाना पनि खाइसक्नु पर्ने थियो । त्यसै अनुसार पुनः क्यान्टिनमा पुगेर अमनसङ्गसगै बसेर खाना खायौं । मसला र पीरो बिहिन खानाको आवस्यकतालार्इ अमनले सहयोग गर्नु भयो । तर, उहाँको प्रयासका बावजुद पनि खोजे जस्तो नभए पनि दहीको सहारामा गुजारा चल्यो ।

खाना खाइसक्दा तिवारीसर यूनिभर्सिटी परिसदमा आइपुगेको जानकारी भयो । सुरूमा एकछिन तिवारीसर बसेको चौरमा आमनेसामने कुर्सीमा बसेर छलफल गर्न थाल्यौ । एकछिन पछि घाम चर्को हुँदै गएपछि उहाँको अफिस कोठामा बसेर गफ गर्न थाल्यौ । उहाँ मुख्य रूपमा संस्कृत भाषाका ज्ञाता तथा अनुसन्धानकर्ता हुनुहुँदोरहेछ । नेवारी भाषाको प्रोजेक्टमा पनि उहाँले योगदान दिनुभएको रहेछ । शीलभद्रको बचपनका विषयमा जानकारी उपलब्ध गराउन असमर्थ भएकोमा क्षमा मागेर महानता प्रदर्शन गर्नु भयो । उहाँको प्राज्ञिक आचरणले मलार्इ भने नतमस्तक बनायो । अरस्तुले सत्यताको ज्ञानका तुलनामा ब्यक्तिगत जीवनको खासै अर्थ छैन भने जस्तै उहाँको आदर्श झल्किन्थ्यो । अरस्तुले मृत्यूदण्डको पर्खाइमा हुँदा भेट्न पुग्ने मित्रसङ्ग उक्त धारणा ब्यक्त गरेका थिए ।

अघिल्लो दिन हामीले खण्डहर भित्र घुम्ने इच्छालार्इ अधुरो नै राखेका थियौ । तिवारीसङ्गको मिटिङ पछि त्यो अधुरोपन पुरा गर्न पर्ने थियो । तर, विहानै देखिको कृयाकलापो ब्यस्तता भोगेको शरीरले विश्रम खोजेको महशुस भएकोले हामी होटलमा फर्कियौं ।

नालन्दा खण्डहरको भौतीक अवस्था भन्दा त्यो ज्ञान भण्डारको महत्व मनले प्राथमिकता दिएको थियो । त्यसले आराम खोजिरहेको शरीरलाइ भौतीकताको महत्व लाद्ने इच्छा खुम्चाइयो ।

Recent Blogs

Comments

Write comment »