नालन्दा महाविहार प्रवेश
जनवरी १७, २०२५का दिन नालन्दाको होटलमा झोला थन्काएर सरासर महाविहारा खण्डहर पुग्दा अपरान्ह ३ बजेको थियो । पटनादेखि झण्डै एक सय किलोमिटर दक्षीणमा छ नालन्दा । गयाबाट पनि उस्तै उस्तै दुरीमा पुर्व उत्तरमा पर्छ । सन् ४२७ मा स्थापित भएको विश्वविद्यालय तथा सनातन महाविहार हो । सवै जसो विषयको पढाइ हुन्थ्यो त्यहा भन्ने विवरण विभिन्न ग्रन्थबाट पुष्टि हुन्छ । क्याम्ब्रिज तथा अक्सफोर्ड विश्वविद्यालय भन्दा सयौ बर्ष पुरानो । बाह्रौ सताब्दीसम्म सञ्चालन भएको तथ्यहरू भेटिन्छन् । चौधौ शताब्दिसम्म त्यसको अस्तित्वको विवरण चिनिया यात्रीले उल्लेख गरेको पाइन्छ ।
सबैभन्दा पहिला खण्डहरको बाहिरको घेरा खण्ड हेर्ने इच्छा जाग्यो । घुम्दै जाँदा कुनापट्टि मन्दिरको भग्नावशेष रहेछ । बौद्ध धर्मावलम्बी भनेर पहिरन बाटै चिनिने कपाल मुडुलै भएकाहरूको हुल पनि त्यतै पुगे । भूटानका ती भन्ते र उनका चेलाहरू मध्ये कतिपयले नेपाली पनि बोल्दारहेछन् । उनिहरूसङ्गै उक्त खण्डहर सुरक्षित राख्न खटिएका दुर्इ शुरक्षागार्ड कर्मचारीहरू पनि थिए ।
उक्त मन्दिरको अवशेषको ढोकामा फलामका रडको गेट लगाएर बन्द गरिएको थियो । देख्न भने भित्र छ्याङ्गै देखिने । सेक्यूरिटी ड्रेस लगाएका ती दुर्इ सुरक्षाकर्मीले विवरण सुनाउँदै थिए । पर्यटक बनेर त्यहाँ पुगेका बौद्ध धर्मावलम्बीले माटो उक्काएर लैजान्छन् भन्दै थिए । त्यसैले सुरक्षाको लागि त्यो फलामे बार लगाइएको रहेछ । तर, ती पर्यटकहरूलार्इ फलामे बारको छेउँको माटो उक्काएर लैजान अनुमति दिए बापत पैसा लिंदै थिए । सुरक्षाकर्मीहरूनै पुरातत्व महत्वको स्थान नोक्सान पुर्याएको देख्दा अचम्म लाग्यो । साथै, बुद्धको शिक्षा मान्ने पहिचान पहिरनबाट झल्काउनेहरूले पैसा दिएर माटो लग्नेले कस्तो बुद्ध शिक्षा हासिल गरेका होलान ? भन्ने प्रश्न मनमा उब्जियो ।
पहिला पनि इन्टरनेट तथा यूट्यूब र पोडकाष्टमा पाएका जानकारी जस्तै थिए खण्डहरका अवशेषहरू । बाहिरि परत एक फन्को घुमेपछि हामी भित्र छिरेर कोठाहरू चाहर्दै हिड्यौं । एउटा इनारमा पर्यटकले पैसा चढाउने गर्दारहेछन् । आस्था र बुद्धका शिक्षाबीचका अन्तरविरोध थुप्रै भेटिंदै थिए । फलामका रड जोडेर बनाइएको जालीबाट इनारको पिंदमा नोट प्रष्टनै देखिन्थे ।
कोठाहरू चाहार्दै जाँदा हुज्यानले आफू बस्ने गरेको भनेर वर्णन गरेको कोठा पनि भेटियो । अरू कोठा भन्दा उक्त कोठा छुट्याउन सजिलै थियो । उनले सन् ६२९मा चिनबाट हिड्दै उक्त नालन्दा विश्वविद्यालयमा दिन विताएका विवरण लेखेका छन्। उनले लेखेको विवरण अङ्ग्रेजी भाषामा स्यामुअल बेलले अनुबाद गरेका कृतिहरू अक्सफोर्ड यूनिभर्सिटीमा छन् । तीनै कृतिहरू पढेर कनिम्घम तथा हडसनले विहारको त्यो क्षेत्रमा उत्खनन् गर्दा ती अवशेषर हुज्यानले वर्णन गरे जस्तै भेटिएका थिए ।
त्यस दिनको खण्डहर घुमाइ इन्टरनेटबाट ग्रहण गरेका विवरणलार्इ प्रत्यक्ष भोग्नु मै सिमित थिए । हुज्यानको कोठाको कुनामा भएको मान्छे बस्दा मात्र अटाउने कुनो भेटियो । त्यस्तो कुनो अरू कोठामा थिएन । हुज्यानले त्यो कुनमा बसेर ध्यान गर्ने गरेको विवरण लेखिछाडेका थिए । त्यहि भएर उनको कोठा त्यहि थियो भनेर चिन्न मुस्किल भएन । त्यो कुना भित्र पसेर अनुभव बटुलें । त्यो कुनामा चाकलमाडे बसेर ध्यन गर्न मन थियो । तर, भूइमा धुलो रहेछ। थचक्क बस्न मन लागेन । वातावरण पनि अहिलेको परिस्थितिमा त्यो कुनामा ध्यान गर्नु बुद्धिमानि हुने पनि लागेन ।
हुज्यानको कोठामा पस्न पाउनु र उक्त कुनो भित्र पस्नुले एक खालको आनन्द अनुभूत गरायो । ज्याकुवस डेरिडाले भने झै नालन्दा, बुद्ध धर्मको महायाना सम्प्रदाय, हुज्यान र उनका शिलभद्रका कुरा पहिलैदेखि मेरो दिमागमा रहेकाले त्यो आनन्दको अनुभूति गरिरहेको थिएं । नागार्जुनले ब्याख्या गरेको मुलमाध्यमिकाकारिका अन्तर्गत मानिसमा विकास हुने स्वभावका कुरा पनि डेरेडाले ब्याख्या गर्ने तर्कसङ्ग सङ्गति राखेकै ठान्दछु ।
संरक्षित क्षेत्रको माटो कोट्याएर लैजाने आस्थावानहरू पनि त्यहाँ भ्रमण गरेर आनन्द नै मानेहोलान । उनिहरूको सन्दर्भ गमेर चिन्तित नै भएर पनि मलाइ फाइदा हुनेवाला भने छैन । तर, उनिहरूले गरेको आनन्द भन्दा मेरो अनुभूति फरक प्रकारको थियो । कहिलेकाहिँ घोत्लने गर्छु र मनमा कुरा खेलाउँछु । साच्चै बुद्धले बाड्न चाहेको ज्ञान मेरो अनुभूति जस्तो होला ! कि भिक्षु पहिरनमा सजिएर त्यहाँबाट माटो लैजानेहरूको जस्तो आनन्द होला ?
यस्तै विचलित भाव बुझिने कृतिहरू पढ्दा असन्तुष्ट भएर हुज्यान चिनबाट बुद्धको असलि ज्ञान खोज्न नालन्दा पुगेका थिए । चिनमा उपलब्ध बुद्ध ग्रन्थहरू प्रदुषित हुनु पर्छ भन्ने उनले ठम्याए । त्यसैले सही ग्रन्थ पढेर सत्यता खोज्न उनी हिंडेका थिए ।
उनि त्यहाँ पुग्नु भन्द वर्षौ पहिला नै शिलभद्रले शाष्त्रार्थमा पण्डितहरूलार्इ जितेकाले केहि गाउँको कर त्यो शिक्षालय सञ्चालनमा राज्यले दिने गर्दथ्यो । त्यहाँ भर्ना पाउन गाह्रो थियो । योग्यले मात्र भर्ना पाउँथे । तर, दश हजार भन्दा बढि विद्यार्थीले निशुल्क छात्राबासमा खाने बस्ने पढ्ने गर्थे भनेर हुज्यानले उल्लेख गरेका छन् । उनले विहानमा गोरूगाडामा दुध घिउ लगात ताजा खाद्यपदार्थ उक्त महाविहारा परिसरमा पुग्ने पनि जनाएका छन् ।
साँझको छ बज्न केही मिनेट बाँकी हुँदा फूटबल रेफ्रिले बजाउने जस्तो सिटीको आवाज सुनियो । पर्यटकहरूलार्इ त्यो नालन्दा महाविहार परिसर खुल्ने समय समाप्त भएको जानकारी गराउने ध्वनि रहेछ त्यो । सुरक्षा गार्डहरू पनि सवै पर्यटकहरूलार्इ समय समाप्त भएकोले वाहिर जान भन्दै थिए । ती अवशेषहरू मोटामोटी हेरे पनि अझै केलाउने र हेर्ने रहर भने मेटिएको थिएन । हामीले पनि ती सुरक्षा गार्डहरूको सूचना अवलम्बन गर्नै पर्थो । हामी गेट बाहिर निस्कियौं ।
बिहारमा मदिरा निषेध रहेछ । बोकेर हिड्न तथा संकलन गर्न पनि मनाही रहेछ । मेरा सहयात्री साथीले भने टेम्पोवालासङ्ग दोस्ती गरेर ब्लायाकमा मदिरा किन्ने चाजो मिलाइ हाले । दिल्लीको भन्दा चार गुणा बढी पैसा तिरे ।
होटलका रिसेप्सन लगायतका ठाउँमा मदिरा निषेध गरिएको सूचना थिए । सूचनामा कडा कानून र सजायको प्रावधानबारे जनाइएको थियो । म दिल्लीबाट पटना यात्रा गरेको प्लेनमा पनि त्यो सूचना उद्घोष गरिएको सुनें । तर, खाने मुखलाइ जुङ्गाले के छेक्थ्यो र ! कालो बजारको धन्दा राम्रै फस्टाएको बुझ्न सहजनै रहयो ।
खण्डहरका इटाहरू अहिले बजारमा पाइने जस्तो एकै आकारका र कुना मिलेका थिएनन् । खण्डहर वरिपरिका पोखरीहरू त्यो विश्वविद्यालय निर्माणका लागि इटा बनाउन माटो निकालेको साक्षी बनेर बसेका रहेछन् । उतिबेला माटो गिलो पारेर हातैले थिचेर चेप्टो पारेको माटो पोलेर इटा बनाइएको भन्ने मेरो तर्क छ । अहिलेका इटा भने काठको साचोमा गिलो माटो हालेर चार कुना भएको चिल्लो इटा बनाइन्छ । तर, उतिबेला ती इटा बनाउन त्यस्ता साचा प्रयोग गर्ने प्रविधि विकास भएको थिएन ।
© www.amaaba.org