वास्तवमा नालन्दा पुग्ने हुट्हुटी मनमा जागेकै थियो । पुगिपनि हालें । अजन्ताका गुफा भित्र पसेर कुना काप्चासमेत हेर्दा जागेको हुट्हुटी हो नालन्दाको यात्रा ।
कतिपयलार्इ ज्यानको बाजी थापेर सगरमाथाको हिम शिखर चढ्न रहर लाग्छ । तर, तर ज्यान गुम्ला कि भन्ने डरले त्यस्ता यत्राबाट म भने डराउँछु । सवैका इच्छा र चाहना आ-आफ्नै खालका हुन्छन् ।
मलाइ केही वर्ष यता २ देखि ५ हजार वर्ष पहिलाको इतिहास जोडिएका तथ्यहरूले मन उद्वेलित पार्ने गरेको छ । अझ्, विलिडयम डालरिम्पलको किताब पढेपछि झन् तीब्र इच्छा जागेको छ। उनको 'द गोल्डन रोड' भन्ने किताबमा इशापूर्व चौथो सताब्दि (BC 326)मा अलेक्जेन्डरको समुह सिन्धु नदि तरेको प्रसङ्ग छ । त्यसले उजागर गरेको पुर्व र पश्चिमका मान्छेको ज्ञान आदान प्रदानको सन्दर्भले जिज्ञासा थपेको छ ।
उनका सेनाले क्याम्प नगिच तीस जना नाङ्गा साधुहरू देखेछन् । उनीहरूले नाङ्गा मान्छे देख्दा अचम्म मान्नु र जङ्गली ठान्नु स्वभाविक नै थियो । तर, उनीहरूको कुराकानीले अर्कै मोड लिएछ । साधुहरूले वास्तविक ज्ञान प्राप्तिमा मानविय मोह बाधक बनेको प्रसङ्ग बताएछन् । उनीहरू मध्येका कतिपय सैनिकहरू ती तर्कबाट प्रभावित बनेको इतिहास लेखिएको पनि छ । ती सैनिकले ती साधुहरूलार्इ खान खुवाएपछिको सम्बादले मेरो मन जितेको छ। साधुमध्येका नाइके साधुले पाइथागोरस र सोक्रेटसका विचारहरूका बारेमा उनीहरूसङ्ग प्रश्न गरेछन् । डालरिम्पलले उक्त तथ्यलाइ एउटा जर्नलमा प्रकासित रिफरेन्सबाट प्राप्त जानकारी भनेर उक्त किताबमा जनाएका छन् ।
मलार्इ भने ती साधुहरूले त्यस अघिनै पाइथागोरसको सिद्धान्त तथा सोक्रेटसका तर्क कसरि थाहा पाएहोलान भन्ने जिज्ञासाले सताउँदैछ । भास्को डिगामाले 'सुनकी चिडिया' खोज्न हिंडेको र भेटेको त एक हजार ८ सय वर्ष पछि 20 May 1498 मात्र हो । कोलम्बस अन्तै पुगेको पनि त्यसकै थोरै अघिमात्रै हो । भने पछि त्यो समय भन्दा करिव २ हजार वर्ष अघि नै प्रसान्त महासागर वरिपरिका मान्छेको तर्क र सिद्धान्त ती साधुसम्म उतिवेला कसरि पुगेहोला ?
अहिले प्रयागराजमा कुम्भ मेला पनि लागेको छ । मेरा सहयात्री माधव ज्ञवालीले उक्त मेलामा नाङ्गा साधु बन्ने तथा दीक्षा लिने चालन छ भनेर जानकारी गराउनु भयो । डालरिम्पलले उजागर गरेको २४ सय वर्ष अघिको प्रसङ्ग र ज्ञवालीजीको प्रसङ्ग पनि जोडियो । त्यसैले पनि मेरो अहिलेको यात्रा कुम्भमेलासम्म पनि जोडिंदै छ। ढुक्क हुनुस म त्यो दीक्षा लिनेवाला भने छैन ।
जनवरी १५, २०२५ को दिन लण्डन निकै चिसो थियो । हिथ्रो एयरपोर्टबाट प्लेन उड्न झण्डै दुर्इ घण्टा ढिलो भयो। साइत जुरे नजुरेको प्रसङ्ग दिमागमा जाग्यो । सानैदेखि समाज परिवारमा साइत जुराउने सन्दर्भले मेरो दिमागमा पारेको असर थियो त्यो । डेविड डिचले 'फेब्रिक्स अफ रियालिटी' भन्ने पुस्तकमा विस्तार गरेको वास्तविकतासङ्ग साइतको सन्दर्भ मेरो दिमागको एक घेरामा मात्र सिमित छ ।
नभन्दै बुक गरेको पट्नाको होटलमा पुग्दा 'दाँतमा ढुङ्गा' लाग्यो । तर पनि पहिले तिरेको रकम भन्दा डेढ गुँडा बढी पैसा तिरेर एउटा कोठा पाइयो र रात विताइयो । बुकिङमा समस्या थिएन । होटलवालाको बदमासी भन्ने थाहा भएकोले पनि पटनाका बारेमा नकारात्मक भाव जाग्यो । यहाँका मान्छे र ब्यवसायीको इमान्दारितामा प्रश्न उठ्यो । विकास भएको भारत एवं अन्य भागमा देखेको भारत भन्दा विहार छुट्टै लाग्यो । पछि बोध गयाँ पनि घुमेपछि पटनाको स्वरूप नै पुरै विहारको स्वरूप भने रहेनछ भन्ने देखें । दुर्इ वर्ष अघि बम्बइमा प्लेनबाट झरेर एलोरा र अजन्ताका गुफा घुम्दा देखेको भारत अर्कै थियो । तर पटना त्यो भन्दा अर्कै थियो । चार दसक अघि टाँगा(एक्का) चढेर तौलिहवाबाट सोहरतगढ जाँदाको भारत जस्तो थियो उस्तैउस्तै लाग्यो पटना । तर, उतिखेर जस्तो कोइलाको तीखो गन्ध थाहा पाइन । चिया नास्ता पकाउँदा भने झोपडीहरूमा अझै पनि पत्थर कोइला बालेको देखें ।
दुर्इ वर्ष अघि देखेको भारतको महाराष्ट्र क्षेत्रमा कोइला बालेको देखेको थिइन । भारतमा कोइला बाल्न छाडेछन भन्ने परेको थियो । तर, पटनामा कोइला बाल्ने चलन घटेको भएपनि हराएको रहेनछ । गोबर र भुस मुछेर आगो बाल्न गुइठा बनाउने चलन उस्तै रहेछ । ग्रामिड क्षेत्रबाट हामी चढेको कार गुड्दै गर्दा इटाका परखालहरूमा ती गुइँठा टास्दै गरेको देखें । उक्काउँदै टोकरीमा हालेको पनि देखें । घाम तपाउन गाइ, गोरू र भैसी आँगनको खुटा(किलो)मा बानिएका थिए ।
वाहिरी समाजमा महिला सहभागिता एकदमै कम देखें । त्यहाँको समाज लैङ्गीक समानताको बाटोमा अग्रसर हुन थालेको पनि रहेनछ । बाटो छेउँ परखालतिर फर्किएर पिसाप गर्दैगरेका पुरूशहरू जताततै भेटें । स्थानीयलार्इ जिज्ञासा राख्दा सरकारले सार्वजनिक शौचालय नबनाइदिएकोले अधिकारका रूपमा त्यो प्रचलन कायम रहेको तर्क सुनें ।
योजना गरेको पटनाको समय छोट्याएर हामी नालन्दा हिड्यौं । त्यसै पनि प्लेन उड्दा नै ढिलो भएपछि पटना पुग्न नै ढिलो भएको थियो । त्यसैले पटना पुग्ने दिन गंगा तटमा हुने सन्ध्या आरती हेर्ने समय वितिसकेको थियो । उक्त आरती हेर्न हामी अर्को दिन पटनामै रोकिनु पर्थ्यो । त्यसो नगरी पटनामा एकरात भन्दा बढि विताउने इच्छा जागेन । स्थानीय वातावरण बुझ्न पाइन्छ भनेर रेलमा यात्रा गर्ने इच्छा पनि वातावरणले वदलिदियो । आखिर टेक्सी रिजर्ब गरेर नालन्दा पुगियो ।
दिल्लीमा प्लेनबाट टर्मिनलसम्म जाने बसमा नेपाली परिवारको सम्बाद सुनियो । कर्मचारीको अनुरोधमा बसको अलि पछिको खाली ठाउँतिर गएकी श्रीमतीलार्इ आफू नगिच बोलाउने ती श्रीमानको आदेशात्मक शब्द बसभरमा भएका सवै ब्यक्तिको भन्दा चर्को सुनियो । ती आमा चाहिँले म नगिच उभिएका छोरालार्इ डन्डि समाएर उभिन भन्दै थिइन । छोरो सायद ८ या ९ कक्षा जतिमा पढ्ने जस्तो अनुमान गरें । छोरा चाहिँको उत्तरले हाम्रो समाजको प्रतिनिधित्व गर्दै थियो । ती परिवार अमेरिका वा क्यानडा तिर बस्ने जस्तो लाग्यो । बाउँ चाहिँले छोराको ख्याल गर्न पत्नीलार्इ यता बोलाएका थिए । आमाको सुझाव छोरालार्इ आवस्यक भन्दा बढि सुरक्षित पार्नाले बच्चालार्इ स्वयं सिक्न हतोत्साहित पार्ने यथार्थ छोराको उत्तरबाट बुझियो । छोराले भन्दै थिए "यस्तोमा म एकदम एक्सपेरियन्स छु" ।
लोग्ने नजिक पुगेकी श्रीमतीले सुटकेस थोरै पार्न लोग्नेले दिएको दवावको गनगन मधुरो स्वरमा भन्दै अलि अघिको लोग्नेको आदेसात्मक स्वभाव माथि पानी खन्याइरहेको महशुस गरें ।
पटनाको एयरपोर्टमा झर्दा काठ्माण्डौ एयरपोर्टको भन्दा पनि बढि अस्त ब्यस्त जस्तो लाग्यो । तछाड मछाड गर्दै गरेका टेक्सी मध्ये साइडमा उभिएका दुर्इ कार भन्दा अघि बढाएर बाटोको बीचमा पुर्याए । प्रिपेट भनेर पैसा बुझ्ने ब्यक्तिले गुड्दै आएको टेक्सीमा घचक्क रोक्न पठाए अनि मलार्इ चढाए । उनको कानको फोनमा अन्तै पार्क गरेको उक्त टेक्सिसङ्ग कुरा गर्दै त्यो चाँजो मिलाएका थिए ।
ठेगाना भेट्न ट्याक्सि ड्राइभरको ढङ्ग नभएको हो वा नगरपालीकाको ब्यवस्था नभएको हो बुझ्ने प्रयास पनि गरिन । मेरो होटलको बोर्ड मैले देखिसक्दा ड्राइभर अघि बढिसकेका थिए । सब्जी मन्डीको चक्कर काटेर फर्किएपछि ड्रपअफको ड्राइभवे पनि नभएको विल्डिङको गेट निर झरेर लिफ्ट तिर सोझिएको थिए ।
मेरा लागि हेर्नै पर्ने भन्ने ठानेको अघम कुवाँ विहानको पहिलो गन्तब्य थियो । टेम्पो इरिक्साको चलन नै स्थानीय साधन रेहछ । कार ट्याक्सी छ्याप्छ्याप्ती भेटिंदो नि रहेन छ । अगम कुवाँ बारे सोध्दा स्थानीयको चासो मैले सोचेजस्तो रहेनछ भन्ने जाने । बादल र तुवाँलोले ढाकेको जनवरीको चीसो विहानमा त्यहाँ पुग्दा ऐतिहासिक कुवाँ हो भन्ने झलक पनि पाइन । एक मन्दीरको पछाडि ढाकेर राखिएको रहेछ अगम कुवाँ । मन्दीरमा पुग्ने आस्थावानहरूले त्यो कुवाँको पनि परिक्रमा गर्दारहेछन् ।
किमबदन्तीमा सम्राट अशोकको पालादेखिको कुवाँ भनेकाले मलार्इ भने । त्यो अगम कुवाँको महत्व थियो । स्थानीयको बुझाइ मेरो जस्तो रहेनछ ।
इतिहासकार तथा आर्कियोलोजिष्टहरूले उक्त कुवाँलार्इ 304–232 BCE(इश्विसम्मबत पूर्व)का मौर्य यूगदेखिको कुवा बताएका छन् । त्यहाँबाट पटनाको पर्यटकीय स्थल भनेर गोलघर पुग्दा खुलेकै थिएन । वाहिरबाटै हेर्दा र त्यसको महत्वको प्राप्त जानकारीले डेढ घण्टा पर्खिएर त्यसका सिढी चेर पटना बजार दृष्यावलोकन गर्ने समय खेर फाल्न मन नलागेपछि नालन्दाको बाटो ततायौँ ।
© www.amaaba.org