Blog Details

Govind Belbaseकथा सङ्ग्रह बाट
1.0

बेनजिर भुट्टोको हत्यामा अलकायदा जिम्मेवार

31 Dec, 1969

पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको २७ डिसेम्बरका दिन हत्या भयो । उनी मुस्लिम देशहरु मध्ये निर्वाचित एकमात्र महिला प्रधानमन्त्री हुन् । हत्याको जिम्मेवारी अल कायदा सम्बद्ध संगठन जहाँग्वीले लिएको छ । अल कायदाका प्रवक्ता मुस्तफा अबु अल अजिदले हत्याको जिम्मेवारी लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकाको सहयोगी रहेको आरोपमा भुट्टोको हत्या गरिएको संगठनले जनाएको छ । पाकिस्तानको रावलपिण्डीमा चुनावी सभालाई सम्बोधन गरेर र्फकने क्रममा उनको हत्या गरिएको थियो ।

>भुट्टो पाकिस्तानको प्रसिद्ध राजिनीतिक परिवारकी सदस्य तथा पर्ूव प्रधानमन्त्री जुल्फिकर अली भुट्टोकी जेठी छोरी हुन् । बेनजिर भुट्टो सन् १९८८ देखि ९३ र १९९३ देखि ९६ सम्म दुइपटक पाकिस्तानकी प्रधानमन्त्री भएकी थिइन् । दुवै कार्यकालमा भ्रष्टाचार मुद्दा लगाएर शैनिक कु गरी उनलाई अपदस्थ गरिएको थियो ।

बेनजिरको जन्म १९५३ मा पाकिस्तानको सिंध प्रान्तमा भएको थियो । उनले अमेरिकाको हार्वर्ड र बेलायतको अक्सफोर्ड यूनिभर्सिटीमा पढेकी थिइन् । उनको आफ्नै भनाइ अनुसार राजनीति गर्ने इच्छा नहुँदा नहुँदै पनि राजनीतिमा समर्पित भएकी थिइन् । १९७७ मा उनका पिता जुल्पिmकार अलि भुट्टोलाई जनरल जिया उल हकले सत्ताच्यूत गरेर दुइ वर्षपछि मृत्यूदण्ड दिएका थिए । पितालाई फाँसी दिनु भन्दा केही पहिले नै बेनजिरलाई पनि गिरफ्तार गरेर ५ वर्षसम्म वन्दी वनाइएको थियो । उपचारको सिलसिलामा जेल बाट भित्र वाहिर गर्ने क्रममै उनले पाकिस्तान पिपुल्स पार्टी गठन गरेर जनरल जियाका विरुद्ध अभियान सुरु गरेकी थिइन । १९८८ मा जियाउलहक विमान विष्फोटमा मारिएपछि भएको निर्वाचनमा जितेर उनी पाकिस्तानकी प्रधानमन्त्री भएकी हुन् । उनको कार्यकालमा उनका पति जरदारीको सक्रियतामा भ्रष्टाचार भएको आरोप लाग्दै आएको थियो ।

>पाकिस्तान सरकारसंग हालै भएको संझौतामा उनीमाथिका ५ मुद्दामा आम माफी दिइए पछि उनी निर्वासनबाट स्वदेश फर्केकी थिइन् । १९९९ देखि उनी पाकिस्तान वाहिर वस्दै आएकी थिइन । पाकिस्तानमा आगामी जनवरी ८ मा आमचुनाव हुने कार्यक्रम थियो ।

तर पाकिस्तानको निर्वाचन आयोगले उक्त निर्वाचन गर्न असम्भव भएको जनाएको छ । सन २००२ मा सैनिक शासन अर्न्तर्गत भएको निर्वाचनमा वेनजिरको पार्टी पीपीपीले सवै भन्दा वढी मत प्राप्त गरेको थियो तर सरकार बनाउनका लागि उनलाई गरिएको आग्रह उनले अस्वीकार गरेकी थिइन । उनका तीन बटा सन्तान छन् ।

>भुट्टोको हत्यामा राष्ट्रपति परवेज मुर्सरफ पूर्ण जिम्मेवार रहेको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री नवाज सरिफले चुनाव बहिष्कार गर्ने घोषणा गरिसकेका छन् । यो घटनासँगै हालै प्रधानसेनापतिको पद त्यागेर राष्ट्रपतिको मात्रै जिम्मेवारी लिएका मुर्सरफको सत्ता संकटमा परेको छ ।

८ वर्षो निर्वासन पछि १८ अक्टोवरमा उनी पाकिस्तान पर्केकी हुन् । यसअघि निर्वासनबाट फर्किदा पनि भुट्टोमाथि आत्मघाती आक्रमण भएको थियो । १ सय ३० भदा बढी कार्यकर्ताको मृत्यु भएको सो घटनामा भुट्टो बाँच्न सफल भएकी थिइन् । पूर्व प्रधानमन्त्री भुट्टोको शवलाई शुक्रवार उनका पिता जुल्फिकरअली भुट्टोको समाधिस्थल नजिकै समाधिस्त गरिएको छ । भुट्टोको निधनमा पाकिस्तानमा तीनदिने राष्ट्रिय शोकको घोषणा गरिएको थियो ।

भुट्टोको हत्याप्रति अन्तर्राष्ट्रिय जगत्मा व्यापक निन्दा गरिएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले घटनाको निन्दा गर्दै पाकिस्तानी जनतालाई धैर्य धारण गर्न आग्रह गरेको छ । यसैगरी, महाससचिव बान की मुनले पनि हत्याको भर्त्सना गरेका छन् । अमेरिकाको विदेश मन्त्रालयलले हत्याको निन्दा गर्दै भुट्टोको हत्या पाकिस्तानमा प्रजातन्त्र र मेलमिलाप नचाहने तत्वले गरेको बताएको छ । रसियाको विदेश मन्त्रालयले घटनाको निन्दा गरेको छ । भारतले घटनाप्रति भुट्टोको हत्याले प्रजातान्त्रिक प्रक्रिया अवरुद्ध हुन सक्ने चिन्ता व्यक्त गरेको छ ।

पाकिस्तान पिपुल्स पार्टीकी अध्यक्ष एवम् पूवप्रधानमन्त्री बेनजिर भुट्टोको हत्याप्रति नेपाल सरकार र राजनीतिक दलहरूले दुःख व्यक्त गरेका छन् र नेकपा माओवादी पार्टीले भुट्टोको हत्यालाई पाकिस्तानमा पुनः शैनिक साशन चलाउने षडयन्त्र भनेको छ ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भुट्टोको हत्याको खबरले आफू स्तब्ध भएको बताएका छन् । परराष्ट्रमन्त्री सहाना प्रधानले पनि भुट्टोको हत्यामा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार, पाकिस्तानी जनता र पाकिस्तानी पिपुल्स पार्टीप्रति समवेदना प्रकट गरेकी छन् । नेपाली काङ्ग्रेसले भुट्टोको हत्यालाई निन्दनीय र कायरतापूर्ण घटनाको रूपमा आफ्नो पार्टीले लिएको जनाएको छ । काङ्ग्रेसले एक विज्ञप्ति प्रकाशित गरी भुट्टोको हत्या लोकतन्त्र र मानव अधिकारमाथि गम्भीर प्रहार भएको बताएको छ । नेपाल कम्युनिष्ट पार्टी संयुक्त मार्क्सवादीले भुट्टोको हत्यालाई लोकतन्त्रमाथिको नाङ्गो प्रहारको संज्ञा दिएको छ । नेकपा मसालले भुट्टोको हत्याको विरोध गर्दै त्यस प्रवृत्तिबाट नेपाल पनि र्सतर्क रहनुपर्ने बताएको छ ।

पाकिस्तानी पूर्व प्रधानमन्त्री वेनजीर भुट्टोको हत्याको विरोधमा नेपालका विद्यार्थीहरूले पनि विरोध प्रदर्शन गरेका छन् । स्मरणिय छ, विस २०३६ सालमा वेनजिरका वावु जुल्पिmकार अलि भुट्टोलाई मृत्यूदण्ड दिने फैसलाको विरोधमा नेपालका विद्यार्थीहरुले गरेको विरोधमा प्रहरी दमन भए पछि उर्लेको विर्द्यर्थी आन्दोलनका कारण नेपालमा सुधारिएको पञ्चायती ब्यवस्था कायम राख्ने कि वहुदलीय ब्यवस्था ल्याउने भन्ने जनमत संग्रह गर्ने घोषणा गर्न राजा विरेन्द्र बाध्य भएका थिए ।

राष्ट्रपति परवेज मुर्सरफले आम जनतालाई संयमित हुन आहृवान गरे पनि आक्रोशित पाकिस्तान पिपुल्स पार्टीका कार्यकर्ताहरुले थुप्रै शहरहरुमा प्रदर्शन र आगजनी गरेका छन् । हत्यापछि भड्किएको हिंसामा थुप्रै प्रदर्शनकारीको मृत्यु भएको छ ।

Recent Blogs