Blog Details

Govind Belbaseकथा सङ्ग्रह बाट
1.0

ब्यङ्ग गीत
'मन थिएन “भोगी” बन्नलाई'
– नारद पण्डित

31 Dec, 1969

ब्यङ्ग गीत
'मन थिएन “भोगी” बन्नलाई'
– नारद पण्डित
वितरकः लाजिमपाट
नाफाखोरः पेरिस डाँडा
प्रकाशकः सानेपा
संगीतकारः बल्खु
रचयीताः असहमति
गायकः विमति
विमोचन स्थलः सिंहदरवारको परखाल वाहिर
यो गीतको सर्वाधिकार 'भेगी'मा सीमित रहने छ।


मन थिएन भोगी बन्नलाई
कल गरेर दलहरुले सरकारै बुझाई दे
मन थिएन भोगी बन्नलाई...
संविधानै विगारेर न्यायालय पोइल गो
भन्थे भन्नलाई
हात हेरेर ज्योतिषिले राम्रै हुन्छ भन्थे भन्नलाई
मन थिएन भोगी बन्नलाई

वार पनि परखाल हो
निर्णय त मेरै भो
तै पनि त, मन थिएन भोगी बन्नलाई

पोहोर सालको सभा नि थपिन
यस्तो होला भन्ने नि थिएन
मन थिएन भोगी बन्नलाई
हात जोरेर दलहरुले
मलाई पो सोध्या थे
नबोलेरै, बन्छु भन्ने भावना पोख्याथे
मन थिएन भोगी बन्नलाई

कागताली भन्दछन्
मन्टेस्क्यूको मारले मलाई हान्दैछन्
अरस्तु र सालमण्ड नि गुरु हुन
मन थिएन भोगी बन्नलाई


न संविधान लेख्या हुन
न चुनाव गर्ने हुन
सवै मिली सवै जिम्मा मलाई पो दिने हुन
मन थिएन भोगी बन्नलाई

केशर जंग पाल्पा कै
म पनि पाल्पा कै
उनको कलंक मलाई पो लाग्छ कि
मन थिएन भोगी बन्नलाई

मेरो पार्टी, टी पार्टी
हैन रे सित्तल पाटी
दल चाहीँ पैदल
घर चाहीँ तै तल
मन थिएन भोगी बन्नलाई

न लिग लिग नै दगुरेँ
न चुनावै हार्या हो
न यूद्ध नै लड्या हो
न्यायसेवा लडेर सरकारै पाको हो
मन थिएन भोगी बन्नलाई

पस्किएको भागमा नि
आँखा पो लाईराछन्
बैद्य बोलाई नाडी छमाई
यो गीत पो गाइराछन्
मन थिएन भोगी बन्नलाई

जार काट्छ कि फेरि भन्ने
भोगीलाई सोच्दा हुन
जंगे पारस कोही नहुँदा
मलाई पो देख्दा हुन
मन थिएन भोगी बन्नलाई

राजनीतिलाई फोहोर नै पर्याछन्
कल गरेर दलहरुले मेरो दाउँ पार्या छन्
मन थिएन भोगी बन्नलाई
सल्लेरीमा सत्ताको छट्पटी
मलाई हेर्दा किन होस विमति
मन थिएन भोगी बन्नलाई

धारा सुके, दफा हराए
त्यै भएर मैले सरकार बनाएँ
मन थिएन, भोगी बन्नलाई

Recent Blogs