Blog Details

Govind Belbaseकथा सङ्ग्रह बाट
1.0

सूचना–सञ्चार, प्रविधि र प्रजातन्त्र

– गोविन्द बेल्बासे

31 Dec, 1969

सूचना–सञ्चार, प्रविधि र प्रजातन्त्र

>– गोविन्द बेल्बासे

>“मार्क्यूरियस पोलिटिक्स” का सम्पादक मार्चमोन्ट नेड्दह्यामले सेप्टेम्बर १६५१ देखि अगस्ट १६५२ सम्म आफ्नो पत्रिकामा लगातार “प्रजातन्त्र” सम्बन्धी सम्पादकीय छापेका थिए। उक्त सम्पादकीयको शृङ्खलालाई आधुनिक संसदीय प्रजातन्त्रको आधार मानिन्छ। तर, त्यस समयमा सूचना फैलाउन अहिले जस्तो प्रविधिले सहज बनाएको थिएन्। छापा नै सूचना प्रवाहको प्रमुख साधन थियो।

>सञ्चार जगतले समाजलाई अग्रगमनको मार्ग देखाइरहेको हुन्छ। हामी अहिले संविधान लेखेर प्रजातान्त्रिक ब्यवस्था स्थापित गर्ने चरणमा छौ। त्यसैले नेपाली सञ्चार जगतको भूमिका यसमा प्रत्यक्ष रुपले पर्ने छ।

>सञ्चार जगत दिनप्रति दिन महत्वपूर्ण र बलियो बन्दै गएको छ। अहिले साइबर संसार पनि सञ्चार जगतको एक अङ्ग हो। सामाजिक सञ्जालहरु सूचनाका माध्यम र नागरिक पत्रकारिता सूचनाको बलियो स्रोत बनेको छ।

>प्रविधिले मान्छेका गतिविधिलाई सहज बनाएको छ र सुविधा थप्दै गएको छ। बेलायतमा तीन दिन सम्म अपराधिक समुहले त्यही प्रविधिको सुविधा प्रयोग गरेर जुन विध्वंस मच्याए त्यो संसारको लागि नयाँ चुनौती भएको छ। प्रहरी प्रशासनले सुरुमा त्यो गतिविधिलाई चेतनसील समुहको सांगठनीक कृयाकलाप ठान्यो। त्यसकारण बल प्रयोग गर्न तम्सिएन। तर विक्रित भावनाका मान्छेहरुलाई संगठित हुन 'ब्ल्याक बेरी मेसेन्जर' जस्तो प्रविधिले सुविधा दिएको रहेछ। अपराधिक क्रियाकलाप तीन दिनसम्म बढ्दै गएर ध्वंसको चरम रुप देखिए पछि विदामा बसेका नेताहरु रातारात देश फर्किए, प्रहरी गल्लीहरुमा भरिए। त्यस पछि बल्ल स्थिति सम्हालियो। आपतकालीन रुपमा बसेको बेलायती संसदमा “समयमै प्रहरीले घटनालाई ठीकसंग चिन्न नसकेको” स्वीकार गर्न प्रधानमन्त्री बाध्य भए। राजनैतिक क्रियाकलापका रुपमा संगठित हुँने परम्परा जस्तै अपराधिक समुहलाई संगठित हुन प्रविधिले दिएको सुविधाको यो वास्तविक नमुना हो।

>अर्को तर्फ साइबर सूचना जगतको तागतलाई आफ्नो पक्षमा उपयोग गर्न सवै तम्तयार छन्। विश्वका बलिया शक्तिहरु साइबर सेनाको परिकल्पनामा डुविसकेका छन्। थल सेना, जल सेना र बायू सेना जस्तै अव साइबर सेनाको प्रचलन अव धेरै टाढा छैन।

>साइबर सेना

>बेलाबखत विश्वको सबैभन्दा बलियो शक्ति केन्द्र पेन्टागनको कम्प्यूटर ह्याकिङ्ग भएको समाचार आउने गर्छ। ह्याकरले जेलसजाय भोगेपछि उनैलाई पेन्टागनले जागिर दिएर राखेको पनि छ। आखिर उनै ह्याकरको क्षमता र बुद्धि नै पेन्टागनलाई आवस्यक पर्ने गरेको छ। यो नयाँ प्रविधिले जन्माएको नयाँ परिस्थिति हो।

>एउटा उदाहरण – नेटो सेना अफ्गानिसतानमा यूद्धरत छ। त्यहाँको यूद्ध कला निर्धारित गर्ने कुनै कम्प्यूटरमा दुसमनमाथि आक्रमण गर्ने भनेर तोकिएको ठाउँमा रातो चिन्ह दिएर तयार पारिएको नक्सा राखिएको होला भन्ने अनुमान गर्न सकिन्छ। त्यसै गरी आफ्ना सेना बसेको ठाउँलाई नक्सामा हरियो चिन्हले बताइएको हुन सक्छ। त्यसका आधारमा रातो चिन्हको ठाउँमा आक्रमण गर्ने र हरियो चिन्हको ठाउँमा सुरक्षा गर्ने अर्थ लाग्छ।

>तर, यदि कुनै ह्याकरले त्यो कम्प्यूटरमा भएको नक्सामा रातो रङ लाई हरियो र हरियोलाई रातो पारिदियो भने परिणाम के होला ? अवस्य पनि नेटो सेनाले आफ्नै सेनामाथि आफै बम वर्षा गर्ने अवस्था आउन सक्छ। त्यस कारण साइबर सेनाको अवधारणा जन्मिएको हो।

>त्यसैले सञ्चार जगतको तागत अव सैन्य बल भन्दा पनि बलियो भएको छ भन्नु अतिशयोक्ति नहोला।

>हालै प्रकाशन बन्द गरिएको बेलायतमा प्रकाशित हुने साप्ताहिक पत्रिका “द न्यूज अफ द वर्ड”का प्रकाशकहरु बेलायती जनतामा विचारको प्रभाव पार्न सफल रहेका थिए। यो क्रम अझै जारी पनि छ। उनै प्रकाशकले बोर्डगेज “द टाइम्स” र सर्वाधिक विक्रीहुने टेबल्वाइड “द सन” प्रकाशन गरिरहेकै छन्।

>यस घटनाले लोकतन्त्रबादी तथा लोककल्याणकारी ब्यवस्थाका पक्षपातीहरुलाई एउटा चिन्ता थपेको छ। चिन्ताको विषय सञ्चार सम्भ्रान्त मर्डोक जस्ता एक ब्यक्तिले विश्वब्यापी समाजमा पार्न सक्ने अनुचित प्रभाव मानिएको छ। यसबाट सञ्चारजगतको तागतको मुल्याङ्कन गर्न सकिन्छ। यो प्रभावको चिन्ता छापा देखि विद्युतीय तथा साइबर सञ्चारसम्मको विषय हो।

>यो बर्तमान हो र चिन्ताको विषय यसबाट जन्मने भविष्य हो।

>सञ्चार जगतले समाजको भविष्यको परिणामको चिन्ता भन्दा बढी आफ्नो र विरोधीको राजनैतिक आस्थाका आधारमा जनतामा सूचना प्रवाह गर्ने प्रयास गर्नाले समाजलाई फाइदा होइन घाटा पुग्न जान्छ। फरक आस्थामाथि तत्कालीन विजय देख्दा समाजलाई घाटा पुग्नु स्वयं सञ्चारजगतले आफ्नो खुट्टामा आफै बन्चरो हान्नु जस्तै हो।

>सञ्चार जगतका यस्ता कदमबाट प्रेश तथा प्रकाशन स्वतन्त्रताको भविष्यलाई असर पार्ने छ।

>अहिलेको विश्व परिवेशमा प्रेश स्वतन्त्रतामाथि धक्का लाग्न सक्ने सम्भावना बढेर गएको छ। सञ्चार जगत अहिले आफैले नै नागरिकको गोपनीयताको हकको वकालत गर्दै छ, जुन आफ्नै स्वतन्त्रताको विषयसंग पनि सम्बन्धित छ। यसका पछाडि राजनीतिक प्रभाव बढी हावी भएको छ र फोन ह्याकिङ्ग विवादको असर बेलायतबाट सुरु भएर अमेरिकाको सदनसम्म पनि पुगेको देखियो। यसलाई प्रजातन्त्रको खाका नमुना माथि हेरफेर हुने सम्भावनाका रुपमा पनि बुझ्न जरुरी छ।

>वाक तथा प्रकाशन स्वतन्त्रता बलियो बनाएर सरकारको चौथो अङ्गका रुपमा विकास भएको सञ्चार जगतलाई प्रजातन्त्रको जग बनाउने राजनैतिक प्रणालीमा हेरफेर हुने सम्भावना प्रबल बन्दै गएको छ।

>तर यथार्थ के हो भने सञ्चारजगतसंग भएको सूचनाको स्रोत खुलाउन नपर्ने अधिकारमाथि धावा बोल्न अव शक्तिकेन्द्रहरुले बहाना पाएका छन्।

>शक्तिकेन्द्रहरुलाई वाक तथा प्रकाशन स्वन्तत्रा घाडो भैराखेकै हुन्छ। त्यसैले उनीहरुलाई सञ्चारजगतले जनहितमा गर्ने प्रकाशनमाथि अङ्कुश लगाउने बहाना चाहिएको हुन्छ। एकातर्फ साइबर सेना बनाउन पर्ने नयाँ परिस्थितिमा विश्व शक्तिकेन्द्रहरुलाई फोन ह्याकिङ्ग प्रकरण एउटा बहाना बनेको छ। यो प्रकरण जति सतहमा देखिएको छ त्यो भन्दा धेरै गहिराइमा लैजान नै “द न्यूज अफ दी वर्ड” पत्रिका बन्द गर्ने निर्णय भएको हो। यो विषय केवल एउटा पत्रिकाको नभएर प्रजातन्त्रको स्वरुप बदल्न वाक तथा प्रकाशन स्वतन्त्रता माथि अङ्कुश लगाउने षड्यन्त्रको रुपमा अगाडि बढिरहेको छ।

>यो कदम प्रेश र पत्रिकासंग मात्र होइन सूचना र सञ्चार जगतको स्वतन्त्रतासंग पनि जोडिएको छ। जनताबाट स्वतन्त्रता खोसेर साइबर सुरक्षा अपनाउन परम्परागत सञ्चार स्वतन्त्रताको प्रचलन बदल्न अन्य कदमहरु थपिदैँ जाने छन् र निकट भविष्यमा वाक तथा प्रकाशन स्वतन्त्रता जनताबाट छिनिदै लगिने छ। यो नै सञ्चारजगतको बर्तमान हो।

>सैन्य बल भन्दा सूचना र सञ्चार बलियो ठहरिएका कारण नै शक्तिकेन्द्रहरुले सञ्चार स्वतन्त्रतामाथि आखा गाडेका छन्। दुस्मनका लागि बन्दुकको नाल भन्दा कम्प्यूटर बाइट्स झन खतरनाक सावित हुन सक्छन्। तर कम्प्यूटर बाइट्स नागरिक अधिकारको आधार बनिराख्न आवस्यक छ।

>

Recent Blogs