Blog Details

Govind Belbaseकथा सङ्ग्रह बाट
1.0

सगरमाथा देखि वेम्ली स्टेडियम सम्म वातावरणको चेतावनी

31 Dec, 1969

सन् १९५३ मा २९ जुन का दिन पहिलो पटक सगरमाथाको चुचुरोमा सफल आरोहण गर्ने एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाका छोराहरु हालै सगरमाथाको चुचुरोमा पुगेर फर्किएका छन् । उनीहरुले विश्व तापक्रम बढेका कारण हिउ पग्लिने क्रममा बृद्धि भएको हुनाले आफ्नो बेस क्याम्प बनाएर चर्ढाई सुरु गरेको स्थान अहिले ४० मिटर तल झरेको बताएका छन् ।

>एडमण्डका छोरा पिटर हिलारी र तेन्जिङका छोरा जेमलिङ हिलारी विहिवारका दिन दोस्रो पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । जेमलिङले यस अघि १९९६ मा पनि सगरमाथाको सफल आरोहण गरेका थिए । उनले १९७८ मा तेन्जिङले दार्जिलिङमा स्थापना गरेको तेन्जिङ नोर्गे एड्भेन्चर भन्ने कम्पनी सन् २००३ देखि चलाउँदै आएका छन् । तेन्जिङ १९८६ मा दार्जिलिङमा परलोक भएका हुन र उनको वासस्थानमा अहिले सेन्ट पाउल्स स्कूल सञ्चालन भैरहेको छ ।

>पिटर हिलारीले आफुले हिमाल आरोहण गर्दा विश्व वातावरण परिवर्तन भैरहेको प्रत्यक्ष प्रमाण देखेको बताएका छन् । उनले यो वास्तविक तथ्य हो भनेका छन् । सगरमाथा चढ्ने बेस क्याम्प समुन्द्र सतहबाट ५३२० मिटरमा हुने गथ्र्यो तर यस पाली उनीहरुको बेस क्याम्प ५२८० मिटरमा नै रहृयो । विश्व तापक्रम बढेका कारण हिउ पग्लिनाले बेस क्याम्प तल झरेको हो । हरेक वर्षबेसक्याम्प झन पछि झन तल झरिरहेको छ । सगरमाथा वरिपरि बस्ने सेर्पाहरुले हरेक दिन हिंउ पग्लेने क्रम बढिरहेको देखिरहेका छन् । तर, त्यसलाई रोक्न सक्ने कुनै पनि उपाय उनीहरुसंग छैन । बैज्ञानिकहरुले आफ्नो विश्लेषणमा यदि यही क्रममा हिंउ पग्लने क्रम बढ्दै जाने हो भने सन् २०५० सम्ममा सगरमाथाबाट सबै हिंउ पग्लिएर त्यहाँ चप्टान मात्र बच्ने बताएका छन् । हिउ पग्लने क्रम अर्थात ग्लेशियरका कारण थुप्रै हिमतालहरु खतराको स्थितिमा पुगेका छन् ।

>द इन्डिपेण्डेस्न पत्रिकाले बेलायती जनताहरु विश्व तापक्रममा भएको बृद्धिका कारण बढिहरको खतरा प्रति पर्याप्त सचेत नभएको कुरा र्सर्वेक्षणबाट खुलासा भएको जनाएको छ । बेलायती जनताहरुले विश्व तापक्रम बृद्धिको संकटलाई भन्दा आतंङ्कवाद, सामाजिक अपराध र ग्राफिटी र जथाभावी कुकुरले फोहर्‍याउने कुरालाई बढी खतरा मान्ने गरेको र्सर्वेक्षणले देखाएको छ । र्सर्वेक्षण अनुसार ५६ प्रतिशत बेलायतीहरुले विश्व तापमान बढ्नुको कारण मानिसका गतिविधि हुन भन्ने कुरा अझै विवाद र छलफलको विषय मान्दछन् ।

>जेम्लिङ तेन्जिङले झन पछि झन हिउँ पग्लंदै गरेको हिमालले विश्व तापक्रम बढेको चेतावनी दिइरहेको बताएका छन् । यसै बीच विश्व तापक्रम बढिरहेको विषयमा जनचेतना फैलाउन विश्वका प्रमुख ९ शहरहरुमा शनिवारका दिन 'लाइभ अर्थ कर्न्र्सट' संगीत समारोह सम्पन्न गरियो । ती नौ शहरहरु सिडनी, टोकियो, जोहनर्सबर्ग, लण्डन, संघाइ, हैर्म्वर्ग, वासिंगटन, न्यूजर्सी, रियो द जनेरियो हुन् । 'लाइव अर्थ कन्सट'को आयोजना पूर्व अमेरिकी उपराष्ट्रपति अलगोरले गरेका हुन् । सिड्नीको कर्न्र्सट शुरु हुँदा अल गोरले भिडियो स्त्रिmनमा देखिएर कार्यक्रमको सिसिलालाई उद्घाटन गरेका थिए । तर उनले उद्घाटन गर्नु भन्दा पहिला सिड्नीको पारम्परिक नृत्यबाट कर्न्र्सट शुरु भएको थियो ।

>विश्व तापमान बृद्धिका वारेमा जनचेतना फैलाउन यो कर्न्र्सटले ठूलो भूमिका निभाएको कुरामा सवै सहमत छन् । तर ठूला कर्न्र्सटहरुमा सहभागी हुन जाँदा पाप स्टारहरुले प्रयोग गर्ने निजी विमानहरुबाट वातावरणमा पर्ने दुश्प्रभावबारे आलोचना पनि भयो । यसबाट हरेक व्यक्तिले आ-आफ्ना दैनिक गतिविधिमा सुधार ल्याएर वातावरणको रक्षा गर्नु पर्ने सन्देश पनि फिजाइएको छ । पिटर र जेम्लिङले हिमालमा आफ्ना बाबुहरु सगरमाथा चढ्दाको अवस्थामा भन्दा अहिले निकै परिवर्तन आएको आफुहरुले प्रत्यक्ष महसुस गरेको बताएका छन् । उनीहरुले हिमालको स्वरुपमै परिवर्तन देखेको बताएका छन् ।

>हिमालबाट हिउ पग्लेर विश्वको कुल पिउन लायक पानीको ४० प्रतिशत पानी बग्ने गर्दछ । विश्व तापमान बढेर हिउ पग्लने क्रममा बृद्धि भएका कारण हिमालय आसपास र नेपाल, चीन तथा भारतका जनतालाई प्रत्यक्ष प्रभाव पार्दै छ । सन् २००१ सम्म ४० वर्षा अन्तरालमा हरेक वर्ष४२ मिटर हिंउ पग्लने गथ्र्यो भने सन २००६ मा ७४ मिटर हिउ पग्लियो । परिणाम स्वरुप केही वर्षो अन्तरालमै थुप्रै हिमतालहरु बनेका छन् । संयुक्त राष्ट्र संघको एक अध्ययनमा हिमालय क्षेत्रका ९ हजार हिमतालहरु मध्ये २ सय हिमतालहरु भार थेग्न नसकेर विश्फोट हुने अवस्थामा रहेको पाइएको छ । सन् १९८५ मा सगरमाथा क्षेत्रमा पर्ने डिग तोशि ताल फुटेर तीन घण्टामा १० मिलियन क्यूविक मिटर पानी बगेको थियो । त्यस बेला ५० माइल तल सम्मका विद्युत गृहहरु, पुल, कृषि योग्य जमिन घर र घरपालुवा जनावरहरु बगेका थिए । नदीमा १० मिटर माथि सम्म पानी भरिएको थियो । अहिले खतरा स्थितिमा पुगेका हिमतालहरु त्यो विनास भन्दा पनि २० गुणा बढी विनास गर्ने स्थितीमा रहेको बैज्ञानिकहरुले चेतावनी दिएका छन् । आजभन्दा ५० बर्षपहिला सम्म इम्जा त्शो तालको अस्तित्व नै थिएन । अहिले १० हजार जनताको बासस्थान माथि खतरा पूर्ण अवस्थामा रहेको त्यो ताल कति वेला फुट्ने हो ठेगान छैन ।

>पिटर हिलारीले ग्ल्यासियर तालहरुको परिणामलाई आफूले अवलोकन गरेको र तिनका किनाराहरु संकट पूर्ण अवस्था बोकेर बसेको बताएका छन् । उनले त्यसलाई एटमिक बम पड्कने अवस्था संग तुलना गरेका छन् । उनले जुन खतरा हाम्रो अगाडि उभिएको छ त्यसलाई मानवले अहिले सम्म भोगेका संकटहरु संग तुलना नै गर्न सकिदैन भन्ने चेतावनी दिएका छन् ।

Recent Blogs