Blog Details

Govind Belbaseकथा सङ्ग्रह बाट
1.0

हजारौको ज्यान वचाउने डाक्टरलाई एक जनाको जीवनसंग पनि खेलवाड गर्ने अधिकार हुन्न

अधिवक्ता गोविन्द बेलवासे

31 Dec, 1969

दुइवटा किडनी मध्धे एउटा किडनी खराव भएका विरामीको खराम नभएको किडनी फ्याकिदिने दुइजना र्सजन डाक्टरको माफै गर्न नसकिने लापरवाहीको आरोप लगाइएको मुद्दा यही सोमवार वेलायतको जनरल मेडिकल काउन्सिलमा सुनुवाइ भयो । बेलायतको प्रिन्स फिलिप अस्पतालमा ती डाक्टरहरुले खराव भएको किडनी अपरेसन गरेर फाल्नु पर्नेमा सही सलामत हालतको किडनी फालिदिनाले, ६९ वर्षा विरामी ग्राहाम रीवसको सल्यक्रिया गरेको पा“च हप्ता पछि मृत्यू भएको थियो । सिनियर यूरोलोजिष्ट जोन रोबर्टसले उक्त सल्यक्रिया गर्नु भन्दा तत्काल पहिला विरामीको एक्सरेलाइ अगडिको पछाडि, र पछाडिको अगाडि अर्थात उल्टा पारेर हेरेका थिए र उनका सहायक, कार्यवाहक रजिष्ट्राक्टर महेश गोएलले उक्त सल्यक्रिया गरेका थिए ।

>बेलायतको जनरल मेडिकल काउन्सिलका कानूनविद लेघ्टन डेविसले, ति डाक्टरहरुको सो कार्यलाइ सक्षम र जायज डाक्टरवाट जुन अपेक्षा गरिएको हुन्छ त्यो भन्दा सारै तल्लो स्तरको भएको भन्ने टिप्पडी गरेको भन्दै लण्डनवाट प्रकाशन हुने देनिक मेट्रो पत्रिकाले उल्लेख गरेको छ ।

>नेपालमा पनि यस्ता थुप्रै घटनाहरु घट्ने गर्दछन् र ति प्राय अप्रकासित हुने गर्छन भने काट्नु पर्ने खुट्टा नकाटेर डक्टरले विरामीको अर्कै खुट्टा काटिदिएको समाचार केही समय पहिला मिडियामा आएको थियो ।

>पियर्सन कमिसनले बेलायत र वेल्समा १९७३ देखि १९७५ को बीचमा प्रतिवर्षऔषधिको दुषप्रभावका कारण २,८१९ र शल्यक्रियामा पुर्ण र्सतर्कता नअपनाएको कारण ७७ मृत्यु हुने गरेको तथ्याङ्क फेलापारेको थियो । साथै न्यूफिल्ड प्रेभिन्सियल अस्पताल ट्रष्टको १९८७ मा भएको गोप्य खोजमा शल्यक्रियामा हुने दुर्भाग्य पुण दुर्घटनाका कारण प्रतेक वर्ष१००० ज्यान जाने अनुमान गरिएको थियो ।

>नेपालमा हालै सरीताको मुद्दामा यस्ता हेलचेक्राइ र दुर्घटनाहरु कै पर्रि्रेक्षमा डाक्टरहरुलाइ क्षतिपर्ुर्तिको दायित्व वहन गराउने फैसला समेत भएको छ । साथै सरकारले डाक्टरले वहन गर्नुपर्ने क्षतिपुर्ति निर्धारण गर्नका लागि प्रमुखजिल्ला अधिकारीको अध्यक्षतामा ६ सदस्यीय समितिको ब्यवस्था पनि गरेको छ ।

>यस्तो क्षतिपुर्तिको ब्यवस्थाले एक त आफनो दायित्व र कार्य सम्पादन गर्ने जिम्मेवार डाक्टरलाइ पर्याप्त होसियारी पुर्याउन उत्प्रेरित गर्छ र होसियारी नपर्ुयाए दायित्ववहन गर्न पर्ने त्रास पनि श्रीजना गर्दछ । सथसाथै क्षतिपुर्तिको ब्यवस्थाले डाक्टरहरुको हेलचेक्राइ तथा लापरवाहीका कारण क्षति ब्यहोर्न वाध्य हुने विरामीका लागि राहत पुर्याउने माध्यम वन्न सक्छ । पीडितलाइ क्षति पुगेको अवस्थामा क्षतिपुर्तिको ब्यवस्थाले पीडा सहन अलि सहायता मिल्दछ ।

>स्वास्थ्य उपचारको क्षेत्रमा क्षतिपुर्तिको ब्यवस्थाको थालनी स्वागत पुर्ण भए पनि यसको कार्यान्वयन पक्ष भने सधै सजिलो हुदैन र यसमा कतिपय जटिलताहरु पनि हुन्छन । उदाहरणको लागि सवारी तथा यातायात सम्वन्धि दुर्घटनाको सम्वन्धमा क्षतिपुर्तिको ब्यवस्थाको कार्यान्वयनको पक्षमा भएको कमि कमजोरीका कारण डाइवरहरुले सवारी ब्याक गरेर मान्छे मारेका घटनाहरुको पीडा हाम्रो समाजले बेहोर्न वाध्य भयो । यस्ता सामाजिक नोकसानी दोहरिन नदिन आवस्यक छ ।

>सवारी तथा यातायात ब्यवस्था ऐन मा सवारी दुर्घटनावाट कसैको मृत्यु भएमा विमा वापतको रकम र क्रिया खर्च पिडित पक्षलाइ दिने प्रावधान वन्यो । तर उक्त ऐन अर्न्तर्गतको नियमावली नवन्दासम्म विमा रकम कति हुने भनने निर्धारण भएको थिएन । अदालतले मुद्दा दायर भए पछि विभिन्न मुद्दाहरुमा विमा कम्पनीलाइ विमा रकम कति हो भनेर पत्राचार गरी सोध्यो । यस्ता अवस्थामा पिडित पक्षको भन्दा सवारी धनिहरुको सक्रियता वढी हुन्छ । यस्ता ब्यवहारिकताका कारण नै विमा कम्पनीले त्यस्तो विमा प्रिमियम रकम ६५०० रुपै“या हुने पत्र अदालतको जवाफमा पठाउने चलन वसाल्नमा यातायात समितिहरु पनि सक्रिय रहे । जसको फलस्वरुप अदालतले पनि विमाको प्रिमियम रकम र विमा वापतको चुक्ता गरिने रकमको भिन्नतामा ध्यान नदिइ मृतकका नातेदारलाइ क्रिया खर्चवापत ऐनले तोकेको १०,००० र विमा वापत भनेर ६५०० गरी जम्मा १६५०० दिने प्रचलन नियमावली नमवन्दा सम्म रहृयो । सवारी दुर्घटनामा मान्छे मरेन र विरामी भयो भने उपचार गराउदा १६५०० भन्दा वढी खर्च हुनै भएकोले सवारी धनिहरुले आफ्ना ड्राइभरहरुलाइ त्यस्तो दुर्घटना भैहाले ब्याक गरेर मान्छे मार्न सल्लाहा दिने र अदालतमा १६५०० धरौट राखेर ड्राइभरलाइ निकाल्ने प्रचलनले गर्दा सवारी ब्याक गरेर मान्छे मार्ने चलन हामीले बेहोरी सकेका छौ । साथै यस ब्यवस्थाले भ्रष्टाचारलाइ पनि निकै सहायता पुर्याएको कुरा कानूनी ब्यवसायमा रहेका कसैसंग पनि लुकेको छैन ।

>बेलायतको कानूनअनुसार डाक्टर र अस्पतालले उपचार सेवा उपलब्ध नगराएकोमा दायित्व वहन गर्नु पर्ने हुन सक्छ -बारनेटको मुद्दा)। साथै विरामीलाइ खास प्रकारको उपचार नगराएमा हुन सक्ने हानी नोकसानी नवताइदिएकोमा, विरामीले मानसिक विरामीका कारण आत्महत्या गर्न सक्ने प्रवल सम्भावना भएको होसियार नगराएमा, खास प्रकारको उपचारवाट खतराको प्रतिफल वारे होसियार नगराएकोमा -सेल्फको मुद्दा) पनि डाक्टरहरुले दायित्व वहन गर्न पर्ने हुन सक्छ ।

>नेपालमा डाकटरहरुको हेलचेक्राइ र लापरवाही गरेको अवस्थामा क्षतिपुर्तिको दायित्व वहन गर्न पर्ने व्यवस्थाको थालनी भैसकेको भए पनि यसको ब्यवहारिक र कार्यान्वयनको पक्षमा होसियारी पुर्याउनमा विदेशमा भएका परम्परा र अनुभवलाइ पनि अवलम्वन गर्न वेस हुने छ ।

Recent Blogs