Blog Details

Govind Belbaseकथा सङ्ग्रह बाट
1.0

कथा
लरीको यात्रा
- गोविन्द बेल्वासे

31 Dec, 1969

कथा

लरीको यात्रा

> - गोविन्द बेल्वासे

> उमेशले साथीसंग मिलेर रक्सीको डिलर खोलको तीन बर्ष भएको थियो। त्यो अवधिमै ब्यापारले आर्थिक अवस्था भने डिलमै पुर्‍यायो। साझेदार साथी उत्तम कुमार थियो। सुरुमा बरोबर पैसा लगाएर रक्सीको डिलरसिप लिएर ब्यापार सुरु गरेका थिए। पहिलो चरणमा धमाधम रक्सी वितरण गर्ने बेलासम्म त ब्यापार रमाइलो पनि भयो। राम्रैसंग जम्यो पनि। तर, जब रक्सीको पैसा उठाउने बेला आयो समस्या बढ्दै जान थाल्यो। कतिपय दुकानमा दिएको रक्सीको पैसा उठाउन जाँदा पसल बन्द गरेर दुकानदार नै गायब। कतै भोलि भोलि, कतै आधा रकम मात्र बुझाउने, त्यसमा पनि रक्सी चाही दोब्बर जस्तो थप्दै दिँदै जान पर्ने। उता पैसा बुझाउने ठाउँमा भने धरौट भन्दा बढीको रक्सी नगद नबुझाई नपाइने।

> त्यसमाथि अर्को चटारो फेरि अन्तशुल्कको। पैसा उठे पनि नउठे पनि कर र अन्तशुक्ल रकम भने नबुझाई नहुने। त्यत्ति गर्दा गर्दै पनि जन तन ब्यवसाय चलेकै थियो। तर उत्तमको कारणले गर्दा ब्यापर जाम हुँदै गयो। उत्तमका फुपुका छोरालाई ज्यान मुद्दा लागेको थियो। त्यो विषयमा मुद्दा मिलाउन घुस खुवाउन अपरझट पर्‍यो भनेर दुकानबाट रकम दिइहाल्यो। तर, रकम पनि गयो मान्छे पनि जेलमा थुनियो। अनि त कारोबार पनि अड्किहाल्यो। फेक्ट्रीलाई भोलिपल्ट बुझाउन भनेर ठिक्क पारेको रकम उत्तमले आफन्तलाई दिइहाल्यो। त्यसैले गर्दा दुकानको हिसाब किताब डामाडोल भयो। उत्तमले अफ्नो हिस्साको लगानी थियो अव मेरै भागबाट काटियो त दुकान चला मैले सकिन भनेर हात झकि हाल्यो। भरखर जमेको ब्यापारमा लगानी नभएर छोटै समयमा तहस नहस भयो। पहिलो चरणमा आएको उत्साहले केही गर्दोरहेन छ। ब्यवहार विग्रँदै गएपछि सवै तिरबाट चेपुवामा मात्र पर्न थालेपछि एक रात त उमेशलाई रात भरि निदै लागेन।

रातभरि विचार गर्‍यो। लिन सकिने ठाउँ र पैसा उठाउने जुक्ति सोच्यो। बुझाउन पर्ने हिसाब जोड्यो। कतैबाट पनि जोगाड जुट्न नसकेको अवस्थाले निद लाग्नै दिएन्। झपक्कै ननिदाइकनै रात कट्यो। विहान पख विस्तराबाट उठ्न भन्दा पहिला उसले अव विदेश लाग्ने निचोड निकाल्यो।

> विहा गरेको दुई वर्ष हुनै लाग्यो। श्रीमती गर्भवती भएकी छन्। भविष्य अन्धकारमय भएको देखेर मन भरिको चिन्ता। उमेशलाई विदेश गएर अलिकता धन कमाएर फर्किएर ब्यापार जमाउने जुक्ति नै सबैभन्दा उत्तम जुक्ति लाग्यो। दुई वर्षको अनुभवमा लगानी मात्र भैदिएको भए त ब्यापार चलाउन सकिन्थ्यो भन्ने आँट जागेकोले गर्दा लगानी जुटाउने सजिलो उपाय नै विदेश गएर केही वर्ष विताउने र फर्किएर ब्यापार र आनन्दको सुखी परिवार चलाउने उसको योजनामा उनी रमाए।

> विस्तरा छोडेर उठेपछि नुहाइ धुवाई गरेर दुकानमा पुगेर अगरबत्ती बाले, पुजा गरे। उनको त्यो सधैको नित्य कर्म हो। सधै झैँ नित्य कर्म पुरा भयो। त्यस पछि उनले उत्तमलाई फोन गरे। उत्तमका भतिजाले फोन उठाएको रहेछ। कलेजमा विहानको कक्षा पढ्न जान थालेको रमेशसंग सामान्य कुरा कानी भए पछि एउटै कोठामा सुतेको उत्तमलाई फोन दिएर उ कलेज तिर लाग्यो।

> उमेशलाई फोनमा धेरै कुरा गर्न पनि मन लागेन। 'म आज दिनभरि एउटा काममा जान छ त दुकानमा वस है' भन्नु भन्दा पहिला उनले सामान्य 'के छ यार?' मात्र भने र 'हुन्छ' भन्ने प्रतिउत्तर पाउनासाथ 'छिटो आइज है' भनेर फोन राखे।

> अरु दिन भन्दा अलि मधुर स्वर र उदासी आवाज सुनेर कहाँजान्छस? के हो? कसो हो? भनेर सोध्ने इच्छा त उत्तमलाई लागेको थियो तर भरखर विस्तरा छाडेकोले जीउ अल्छि रहेको र चाँडै हातमुख धोएर दुकानमा पुग्न पर्ने भएपछि अरु केही नसोधी, त्यहीँ पुगेर सोधौँला भन्ने निधो गर्‍यो।

> उत्तम दुकानमा पुग्ना साथ उमेश त्यहाबाट हिँडे। उत्तमले कहा जान्छस? किन जान्छस? के हो? कसो हो? केही पनि सोध्न भ्याएन। भर्र्...र मोटरसाइकल स्टार्ट भयो र उमेश हिँडे।

> मिलन चोकबाट भित्र पट्टि बस्नेत जी बस्थे। उनले विदेश जाने ब्यवस्था मिलाएर थुप्रैलाई विदेश पठाइसकेका थिए। कसैलाई अमेरिका, कसैलाई जापान, कसैलाई कोरिया र एक दुई जनालाई लण्डन। सिधै उनको घरको अगाडि मोटरसाइकल रोकेर ढोकामा टक्–टक् आवाज दिए पछि एकै छिनमा ढोका खुल्यो। बस्नेतजी डिप्रेशनका विरामी थिए। दुवैले हात मिलाएर कुर्सीमा बसेपछि बस्नेतले आफ्नै ब्याथाको छोँटो कथाबाट कुरोको सुरुवात गरे। काम गर्ने केटीले ल्याएको रातो चिया दुवै जनाले चुस्की लिँदै गर्दा बस्नेतजीले एक डेढ वर्ष पहिला देखि चिनजान भएका उमेशसंग के कति काम थियो कि? कसरी विहानै आउनु भयो? भन्ने प्रश्न तेर्साए। उनीहरुका बीचमा कहिले काहीँ सरसापट पनि अलिअलि चल्थ्यो। तर त्यत्ति बेला दुईजनाका बीचमा लिनु दिनु भने त्यस्तो केही थिएन्।

> उमेशले भूमिका बाध्दै ब्यवहार विग्रिएको कुरा सुनाए। त्यस पछि नवविवाहित दुलही गर्भवती भएको र ब्यवहार धान्न नसकेर रातभरि निदाउन नसकेको कुरो विस्तारसंग बताए। उमेशले कुरोको मुख्य पेटारो खोल्दै 'अव विदेश गएर पैसा कमाउन पर्‍यो' भने। त्यत्ति भन्दासम्ममा पैसा कमाउन, ऋण तिर्न र कारोबार ब्यवस्थित गर्न विदेश जानै पर्ने अवस्था सिर्जना भएको कुरामा बस्नेतजीलाई उनले चित्त बुझाई सकेका थिए।

> त्यस पछि बस्नेतजीले अफ्नो ब्यवसायीक कला सुरु गरेर कुन देश जाने के तयारी गर्ने भन्ने विस्तारसंग छलफल गरे। छलफल भैसके पछि दुई जनाका बीचमा टुरिस्ट भिसामा स्पेन जाने र त्यहीँबाट लोकल दलाल समाएर इंगल्याण्ड छिर्ने योजना बन्यो।

> इंगल्याण्ड छिरेर चार पाँच वर्ष कमाएर नेपाल फर्कने र सानो ब्यवसाय र सुखी पारिवारिक जीवन विताउने योजना सफल बनाउन उमेशले कम्मर कसे। बस्नेतजीको सल्लाहा अनुसार कर तिरेका कागज र सरसापट गरीवरि राम्रो ब्यांक ब्यालन्स बनाएर ब्यवसायको ब्यवस्थित फाइल सहित भिसाको एप्लाई भयो। सवै तयारी गर्नमा बस्नेतजीको आइडिया पुरै लागु भयो। उनैले स्पेनको होटेल बुकिङको कागज देखि हवाइ टिकटसम्मको ब्यवस्था गरिदिए। उमेशले पनि महिनाको कमसेकम एक लाखका दरले पैसा कमाउन इंगल्या48ड छिर्ने भए पछि सरसापट गर्ने र दुकानको उठाउन पर्ने पैसा उठाउँदै विदेश जाने तयारीमा लगाउँदै गए। त्यो तयारी गरुँनजेल पैसा बुझाउन पर्ने ठाउँतिर भने उनले बाटै सोझाएनन्।

> आखिर बस्नेतजीको योजना सफल भयो उमेशको पासपोर्टमा स्पेनका लागि टुरिस्ट भिसा लाग्यो। भिसा लागेको पासपोर्ट लिएर काठमाण्डौं लाग्ने बेलामा दुकानको सवै साचो पनि उत्तमलाई बुझाएर उनी हिँडे। काठमाडौंबाट प्लेन चढाउन उनकी श्रीमती सुनिता र बस्नेतजी पनि तीन दिनसम्म काठ्माडौंको एउटा होटेलमा बसेर उमेश उड्दाकै दिन फर्किए। विदेश जाने अरु तयारी गर्दासम्म त काम पनि सरासर बन्दै गयो। मन पनि खुसी हुँदै गयो। तर, एयरपोर्टमा उमेश र सुनिता छुट्टिने समयमा भने सुनिता भक्कानो छाडी छाडी रुन थालिन। केही वर्षमा श्रीमान पैसा कमाएर फर्कने कुरा सभ्झाउने प्रयास गर्दे बस्नेतजीले संझाउन खोज्दा उन्ले भक्कानो झन थाम्नै सकिनन्। उमेशको पनि मन भरिएर आयो।

> श्रीमतीलाई सम्झाई बुझाई गर्न खोज्दा बोली नै फुट्न सकेन। बल्ल बल्ल नरोउँ भनेर एक पटक भन्न सके, तर त्यस पछि भन्न खोजेको बाक्य पुरा गर्न पनि सकेनन्। लुकाएर आसु पुछ्ने प्रयास गरे। तर दुबै आखाँबाट भल्भल्ति बग्न थाले पछि त त्यो भल उनले लुकाएर लुकेनन्। तर, एयरपोर्टको गेट भित्र पस्न अवेर हुन थाले पछि आँशु पुच्छदै मन गाँठो पारेर बाक्य नफुटेको मनलाई बाँधेर बृफकेश हातमा उचाल्ने र गुडाउने सुटकेस लतार्दै उनी एयरपोर्ट भित्र छिरे।

> अन्तर्राष्ट्रिय एयरपोर्टबाट ठूलो प्लेन चढ्ने उन्को यो पहिलो मौका थियो। थाहा नभएका धेरै कुरा थिए। सिक्दै नयाँ अनुभव बटुल्नु पर्ने थियो।

> एयरपोर्टको गेट भित्र छिर्नासाथ नजानेका कुराहरु सिक्दै प्लेन चढ्ने र यात्रा गर्ने चुनौतीहरुसंग सामना गर्नमा ध्यान केन्द्रित हुँदै गयो। त्यसैले गर्दा गेट भित्र नछिर्दासम्म खुम्सी खोलाको साउने भल जसरी बगेको आसु विर्सिएर कता के छ के गर्नु पर्छ भन्नेमा उनको ध्यान केन्द्रित हुँदै गयो। ध्यान अन्त गए पछि केही वर्षका लागि विछोड भएकी श्रीमतीको चिन्ता पनि उनले केही समयका लागि विर्सिए। उता श्रीमतीका आसु भने अविरल बगिरहेका थिए तर उमेशको ध्यान भने अन्तै थियो। पहिले नदेखेका नभोगेका थुप्रै कुरालाई सहज रुपमा अपनाउन अरुले के गर्दै छन् , कसरी गर्दैछन् भन्ने हेर्दै सिको गर्दै आफुलाई सहज बनाए जस्तो गर्दै उनले काउन्टरमा पुगेर बोर्डिङ पास लिए। त्यस पछि खुल्दुली र उत्साह बोक्दै नयाँ चुनौतीहरुसंग सामना गर्दै आफै हिँड्ने भरेङमा लड्खडाई लड्खडाई अफुलाईमाथिल्लो तलामा पुर्‍याए।

> मन भित्र अलि अलि डर मिसिएको उत्साह र भिसा प्राप्त भएकोमा बहादुरीसंगै बस्नेतजी प्रति सम्मान जागेको थियो। केही वर्षको मेहेनत र दुखः कस्ट पछि सुखी जीवनको परिकल्पना बोकेको उनको मन प्लेन चढ्नु भन्दा पहिला नै स्पेनको रमणिय सहरमा पुगिसकेको थियो। साथै उनको मन स्पेनमा थिर थिएन। मनले त स्पेनबाट इंगल्याण्ड छिर्ने उपाय, बाधा, ब्यवधान र जुक्ति बारे मञ्चन गरिरहेको थियो। इंगल्याण्ड छिर्न सकिएन नै भने पनि फ्रान्स वा जर्मनमा बसेर भए पनि पैसा कमाउन त कसो नसकिएला भन्नेमा आफ्नो मनलाई सान्त्वना दिनमा भने उनको मन अभ्यस्त भैसकेको छ। तर मनको एउटा कुनामा इंगल्याण्ड नै छिरिन्छ भन्ने विश्वास पनि बोकेको छ। बस्नेतजीको सल्लाहा अनुसार जिन्दगीमा पहिलो पटक महगो कसिलो सुटमा टाई ठोकेर ठाटिएको ज्यान भने अप्ठेरो लागे पनि सहनै परेको छ। बस्नेतजीले अफै सुट र टाई मिलाएर पहिराई दिएका थिए।

> अरुले जे जे गर्छन त्यही हेर्दै, देखासिकी गर्दै एउटा फारम भरेर अध्यागमन बाट पारी गए पछि प्रतीक्षा कक्षमा बस्दा अरु कुरा सोच्न भन्दा पनि अरु कसरी बसेका छन्? के गरेका छन्? भन्ने आँखा लुकाएर उनीहरुले थाहा नपाउन भन्दै हेर्दै गर्दा ठिक्क भयो। एकै छिनमा ढोका खोलेर तीन जना ढोका छेकेर बसे। लाइन लागेका मान्छेको पछि पछि लागेर लाइनमा उमेश पनि मिसिए। पालो आयो र बोर्डिङपासको धेरै भाग गेटमा उभिएका एयरवेजका मान्छेले राखिदिए। एउटा सानो चिर्कटो मात्र हातमा थमाई थिए। त्यत्रो पैसा तिरेको टिकट छोँटिदै छोँटिदै प्लेनमा चढ्ने बेलामा त सानो चिर्कटो बार्की बच्यो। अरुका पछि लाग्दै अगाडि बढे पछि प्लेनमा चढ्ने भनेको त सवै जना एयरपोर्ट भित्रको बसमा चढेको देखेपछि उनी पनि त्यही बसमा चढे। बसले लगेर बल्ल प्लेनको सिँढी निर रोक्यो। अरुले के गर्छन भन्ने हेर्दै भरेङ उक्लिएपछि एउटी विदेशी केटी, एउटा नेपाली केटी र एउटा विदेशी ठिटो चिटिक्क सिँगारिएर स्वागतमा बसेका रहेछन्। मन भित्र कता हो कता अलिकता रमाइलो पन अनुभव भयो। तर रमाइलो भन्दा पनि अव कता, कसरी बस्ने, सिट कहाँ छ भन्ने खुल्दुलीले सताएको सताइ थियो। ती ठाँटिएर द्वारपाल जसरी बसेकाहरु नै एयरहोस्टेज रहेछन्। उनैले बताइदिएको सिटमा गएर बस्दा झ्याल कै सिट परेको रहेछ। मज्जा आयो।

> प्लेनमा बस्ने देखि खाना खाने विषयसम्म त अरुले गरेको हेर्दै सिक्दै गर्दा ठीकै भयो। प्लेनको ट्वाइलेट भित्र भने अरुले गरेको देख्न पाइएन अनि अन्दाजका भरमा सवै सिक्न पर्‍यो। अरु सिक्न गाहारो भएन तर कुर्सीमा बसे जसरी बसेर दिसा गर्न पहिले कहिल्यै त्यसरी दिसा नगरेको हुनाले पटक्कै दिसै आएन्। सिकाउन त ट्वाइलेटका धेरै कुरा बस्नेतजीले सिकाएका हुन् तर फ्लस गर्दा भने झ48डै चिच्याएको। स्वाट्टै सवै तानेर हावाले ताने जसरी तान्दा त एक छिन त सातै उड्यो नि !

> जर्मन आएछ, अनि त्यहा प्लेन पनि फेर्नु पर्ने रहेछ। प्लेनमा पनि के के त भन्दै थियो अंग्रेजीमा सवै कुरा बुझेको कहा हो र? तेजप्रसाद सरले कलेजमा पढाएको अंग्रेजी अर्कै थियो प्लेनको अंग्रेजी त अर्कै जस्तो लाग्यो, कुरै बुझेनन्। अरु का पछि लाग्दै गएको त जर्मनको इमिग्रेसनबाट पनि बाहिर पुगेछन्। तर पहिले कहिल्ये त्यो देखेको भए पो थाहा हुनु! थाहा भएको भए त जर्मन पुगेको मान्छे के को स्पेन तिर लाग्थे र!

> त्यहाँबाट सके इंगलेण्ड तिर नभए पैसा कमाउने मेसोमा सोझन्थे नि। तर, विचरा उमेशलाई थाहा भएन फेरि छिरेर स्पेन जाने प्लेनमा चढे।

> पछि हर्कलालसंग स्पेनमा कुरा हुँदा पो उमेशलाई जर्मनमा त इमिग्रेशन कटेर भित्र छिरिसकेको पनि फेरि फर्किएर स्पेन जाने प्लेनमा चढेको कुरा थाहा भयो।

> हर्कलालले स्पेनको एउटा पाकिस्तानीले चलाएको होटेलमा काम गर्दारहेछन्। उनको ठेगाना र नम्बर पनि बस्नेतजीले दिएका थिए। स्पेन पुगेपछि टेक्सी समातेर ठाँटिदै सुटमा सिजिएको उमेश हातमा अटैची उचाल्दै सुटकेस लतार्दै टेक्सीमा चढेर हर्कलालको होटेलमा पुगे। हर्कलालले पनि एउटा कोठा बुक गरी दिए पछि उमेश त्यहीँ तीन दिन सम्म बसे। नेपालबाट किनेको रिटन टिकट फर्काएको पैसा र उताबाट आउँदा ल्याएको पैसा सवै गरेर एउटा दलाललाई बुझाएर इंगल्याण्ड छिर्ने जुक्तिमा जुटे उनी। हर्कलालसंगको सम्पर्कले इंगल्या48ड छिराइदिने दलाललाई पैसा बुझाए पछि दलालले जे जे भन्छ त्यसैमा उनी लाग्दै गए। त्यो अटैची र सुटकेस पनि त्यहीँ हर्कलाललाई जिम्मा लगाएर उनी दलालका पछि लागे। ट्रेन, बस र लरीको यात्रा गर्दै इंगल्याण्ड छिर्ने तरखरमा तेस्रो दिनमा उनी टे्रन समातेर नर्बे छिरे। अटैची, सुटकेस र ब्यापारी टुरिस्टको पहिचान सकेर अव पुर्वि यूरोपतिरका सरल यात्रीको पहिरन र सर्जाम मिलाउन एउटा ब्यागमा बण्डी कट्टु र एकजोर कपडाका साथमा उनीसंग डेढसय यूरो मात्र बच्यो।

> स्पेनसम्म आउँदा उनी उमेशजी भनेर सम्बोधन गर्नु पर्ने जस्ता देखिन्थे भने पहिरन र स्थानीय यात्रु जस्तो बन्दा उमेश भनेर बोलाउनु पर्ने जस्ता बने। हर्कलालको कुराबाट एक पटक जर्मन छिरेको चाल पाए पछि त्यहाँबाट आफु फेरि स्पेनको प्लेन चढेकोमा उमेशलाई ठूलो पछुतो लाग्यो। चुक चुक लाग्यो। तर के गर्नु थाहा भएन विचरालाई। उता घरमा सुनिताको भने सुत्ने बेलामा आखाबाट बगेका आशुँले दिनदिनै तकिया भिज्न थाल्यो।

> रातभरिको रेल चढेर भोलि पल्ट दिउसो उनी नर्बे छिरे। नर्बेमा हर्कलालले दिएको सम्पर्क नम्बर अनुसार नेपाली साथीहरु पनि भेटिए। तर त्यहाँ बस्दा फाइदा नहुने र इंगल्याण्ड छिर्न सके नै ठीक हुन्छ भन्ने सल्लाहा अनुसार दलालले मिलाएको ट्रकमा चढेर जर्मन छिरे उनी।

> जर्मनसम्म पुग्न खासै समस्या भने परेन। तर, मनमा खल्बली र अनिश्चित यात्रा चिन्ताको विषय त रह्यो नै। दलालले चढाएको बस त कहिले लरीमा चढ्दै छ दिनमा जर्मनको एउटा जङ्गलमा उतारियो। त्यहाँ साना साना छाप्रा बनाएर इंगल्या48ड जान पैसा बुझाएका ग्राहकहरुलाई दलालले राख्दा रहेछन्। न नुहाउनु न ठीकसंग खाना खानु विचल्लीको जंगलबास हुनथाल्यो। त्यहाँ पुग्दा त पैसा खर्च गरेर पनि विचल्ली हालतमा जंगलमा अलपत्र।

>
नर्बेबाट संगै इंगल्याण्ड छिर्न भनेर एउटा नेपाली साथी पनि साथमा थपियो। रवि कताकताबाट छिरेर नर्बे पुगेको रहेछ। तर त्यहाँ नियम कानून कडा भएको थाहा पाएपछि पैसा कमाउन त इंगल्याण मै छिर्न ठीक हुने भने पछि अलि अलि कमाई गरेको रकम दलाललाई बुझाएर उ पनि उमेशसंगै हिँडेकोले एउटा साथी भने भयो साथमा। अरु विभिन्न देशका भाषा पनि नमिल्ने विभिन्न मानिसहरुलाई दलालले त्यही जंगलमा थुपारेका रहेछन्।

> त्यहाँ पुगेकै दिन उमेश र रविलाई दलालले लरीमा बसेर फ्रान्स हुँदै इंगल्या48ड छिर्न लगायो। उनीहरुले आस्रय लिएको जंगल भन्दा अलि पर हिँडेर पुगिने ठाउँमा एउटा प्रोट्रोलपम्प रहेछ। त्यहाँ केहि समय ड्राइभरले आराम गर्ने र तेल हालेर ती लरी बाटो लाग्दा रहेछन्। तिनै मध्येका लरीमा चढेर सीमाना पार गर्नु पर्ने रहेछ। जुन ब्यक्तिले धेरै रकम दिएको छ उसैलाई दलालहरुले लरी चढ्ने पहिलो मौका दिँदा रहेछन्। त्यसैले ती दुवैको पालो चाँडै नै आयो। ती जंगलका छाप्रामा ओढ्न रगहरु राखेका हुँदारहेछन्। तिनै रग ओढेर बस्नु पर्ने रहेछ, त्यहाँबाट लरीमा चढेर नहिँड्दासम्म। त्यसरी लरीमा सुटुक्क चढ्दा ड्राइभरहरुले थाहा पाए पनि बेकारको झन्झट मोल लिन भन्दा चुपचाप थाहा नपाए जस्तो गर्दारहेछन्। कतिपयले त्यहाँ थाहा नपाए जस्तो गर्ने र बर्डरमा पुगेपछि पछाडि मान्छे चढेको छ भनेर प्रहरीलाई बताइदिँदा रहेछन्। कसैले भने थाहापाए पनि नबताइदिने र कहिँलेकाही थाहा नै नपाउने हुँदोरहेछ।

> जनतन बर्डर छिरेर इंगल्याण्ड छिरेको खण्डमा लरीबाट लरीको पर्दा काटेर भए पनि भाग्नु पर्छ भनेर ती दलालहरुले सिकाउँदारहेछन्। त्यसै हुनाले आफुसंगको सानो चक्कु उमेशले रविलाई दिए। आफुसंग एउटा नेलकट थियो त्यसैमा चक्कु पनि थियो। अवस्यक पर्‍यो भने लरीको पर्दा काट्न ती दुई जनाले एक एक वटा लिए। त्यो बाहेक छ त उमेशसंग एउटा सानो झोला जुन कोखिलामा पनि च्याप्न मिल्छ।

> केही बेर आराम गर्न र तेल हालेर बाटोलाग्न रोकिएका लरी मध्ये एउटामा प्लास्टिकका ठूला ठूला डिब्बा रहेछन्। रवि त्यही डिब्बाहरु मध्ये एउटामा छिर्‍यो। अव भाग्यको भरोसा गर्दै जो सक्छ त्यो छिर्ने अर्काको आश नगर्ने भन्दै दुइ वटा छुट्टा छुट्टै लरीमा चढे। रविलाई त्यो लरीमा चढाए पछि उमेश सिमेन्टका ढोंग्रा बोकेको लरीमा चढे। त्यस पछि लरीको ड्राइभर निरै पुगेर त्यही ह्यूमपाइप माथि बसे। यत्रा सुरु भयो। अव कुनै ब्यवधान विना इंगल्याण्डको सीमाना भित्र छिर्न पाए हुन्थ्यो भन्ने बाहेक अरु चाहना नै थिएन।

> रविको एकजना काकाको छोरा इंगल्याण्डको बर्मिंघममा रहेछन। उनैको मोबाइल नम्बर थियो दुबै जनासंग। इंगल्याण्ड छिर्न सकेको खण्डमा उनैलाई फोन गरेर सम्पर्क गर्ने सल्लाहा गरे। बल्ल तल्ल उमेश चढेको लरी बर्डर नजिक पुगेछ। उमेशलाई बर्डर नजिक पुगेको आभाष भयो। तर, ड्राइभरले त्यहाँसम्म आइ पुग्दासम्म थाहा नपाए जस्तो गरेको भए पछि त्यहाँ उसले पुलिसलाई पछाडि मानिस छ भनेर कुरा लगाइदिएको संका लागे पछि दलालको सल्लाहा उमेशलाई याद आयो। र आफ्नो झोला काखीमा च्यापेर सुटुक्क झरेर उमेश भागी हाले। दलालले त्यहाँ त्यसरी भाग्न परेको खण्डमा जान भनेको खेतको बीचमा भएको एउटा घरमा उनी पुगे। त्यो घरमा दलालले मान्छे लुकाउँछन भन्ने थाहा भएर पुलिसले त्यो घरको ढोकामा ताला लगाएको रहेछ। त्यो कुरा दलालले पहिला नै भनेको थियो। दलालले भनेअरुसार अलि पर ढालु ठाउँमा पुग्दा बताए अनुसारको सुरुङ फेला पर्‍यो। सुरुङ हुँदै भित्र घरमा जाँदा त अरु पनि सात जना त पहिला देखि त्यहीँ रहेछन्। विभिन्न देशका विभिन्न भाषी ती ब्यक्तिहरुको हुलमा उमेश पनि थपिए।

> अव फेरि उद्देस्य अनुसार साझ कतिखेर पर्छ भनेर कुर्ने तह परेको लरीमा छिर्ने र इंगल्याण्ड छिर्ने दाउ कुर्ने क्रम सुरु भयो। त्यस दिन खासै तह पनि पेरन। भोलि पल्ट दिन भरि विस्कुट, पाउरोटी र पानीमा दिन कट्यो। साँझ परे पछि फेरि ती लरीमा लुकेर पस्ने र पारि जाने धुनमा त्यहाँ पुग्दा एउटा लरीमा तह पर्ला जस्तो देखियो। ढोका जस्तो बाक्लो प्लास्टिकको पत्र पन्छाएर भित्र पसेको सारै चिसो रहेछ। अरु दुई जना अर्कै देशका मान्छे पनि चढेका थिए तर लरी अलि पर गए पछि फेरि रोकियो। त्यो सारै चिसो फ्रिजमा बसेर जाँदा पारि पुग्न भन्दा पहिला नै ज्यान जान्छ कि भनेर ओर्लिएर उमेश फेरि त्यो सुरुङबाट छिरेर बासमा पुगेर रात विताए। फेरि अर्को दिन साँझ परे पछि पारि छिर्ने लरीको दाउँमा उमेश लागे।

> यस पाटक भने कार्टुनहरु बोकेको लरी परेछ। लरीमा चढेपछि चुप चाप उनी बसीरहे। अलि बेर पछि लरी स्टार्ट भयो र विस्तारै गुड्न थाल्यो।

> केहि बेर पछि अन्धकार ठाउमा पसेजस्तो लाग्यो। त्यस पछि पैतालीस मिनेट जति त खासै घच्याक घुचुक पनि भएन्। त्यस पछि बल्ल बाहिर अलि उज्यालोमा लरी आए जस्तो लाग्यो। एसो पालको चर बाट बाहिर हेर्दा उमेशलाई इंगल्याण्ड छिरे जस्तो लाग्यो। लरी अलि बेर कुद्दै गयो ।

अलि धेरै पर पुगे पछि एक ठाउँमा सुनसान जस्तो थियो। त्यहाँ लरी रोकियो। त्यही समयमा नेलकटरमा भएको चक्कुले लरीको खोल च्यातेर फुत्त झरेर उमेश बाटै बाटो कतै बस्तीको खोजीमा हिँडे।

करिब पच्चीस मिनेट जति हिँडे पछि एउटा सानो बस्तीमा उनी पुगे। त्यहाँ टेलिफोन बुथ त भेटियो तर त्यसमा पैसा हालेर फोन गर्न उनीसंग पैसा थिएन। उनीसंग नब्बे यूरो त थियो तर त्यसले फोन गर्न पनि मिलेन। त्यसपछि अलि पर देखिएको एउटा एसियन जस्तो मान्छे नजिक उनी पुगेर हिन्दि भाषा बोल्नु हुन्छ भनेर सोधे। तर ती ब्यक्ति पाकिस्तानी रहेछन्। हिन्दी त जान्दिन तर उर्दु आउछ मलाई, त त उर्दु बाल्दैछस् भनेर उसले भन्यो। त्यस पछि उमेशले आफुसंग नब्बे यूरो भएको र त्यो साट्न परेको कुरा गरे पछि त्या ब्यक्तिले हिँड्दै दश मिनेट जति पर तिर जान एउटा बाटो देखायो। त्यहाँ एउटा पञ्जावीको दुकान भएको र त्यहाँ पुगेको खण्डमा उपाय लाग्ने बताए पछि उनी त्यतै लागे।

> उनले त्यो पञ्जाबीको दुकान भेटाए। दुकानमा पुगेर हिन्दीमा आफुसंग नब्बे यूरो भएको त्यसलाई पाउण्ड साटिदिन आग्रह गर्दा दुकानदार पञ्जाबीले त्यसको पैतालीस पाउण्ड दिन सक्ने बताउँदा त्यो पनि हुन्छ भनेर उमेशले पैसा साटे। त्यही पैसाबाट एउटा स्या48डविच र एउटा बोतल कोकाकोला किनेर पनि खाए।

> पेटमा गुदो पनि आयो इंगल्याण्ड छिरेको भन्ने कुरामा ढुक्क पनि भयो। त्यस पछि फेरि कता जाने ठेगान भने थिएन। त्यत्तिकैमा बाटोको अलि पर रोकिराखेको एउटा लरीमा उनको आँखा पर्‍यो र उनी गएर सुटुक्क त्यही ट्रकमा पसेर लम्पसार परे। एकै छिन पछि ड्राइभरले लरी स्टार्ट गर्‍यो र लरी हिँड्न थाल्यो। मन पनि सान्त भएछ क्यारे, उनी त मस्त निदाएछन् त्यही लरीमा। लरी रोकिँदा उनको आँखा खुल्यो। घाम ओरालो लागिसेका रहेछन्। मधुर घामको उज्यालोमा सुटुक्क लरीबाट हेर्दा थुप्रै लरीहरु पार्क गरेको ठाउँमा त्यो लरी रोकिएको रहेछ। त्यहाँबाट उनी झरेर टेलिफोनको बुथ खोज्न तिर लागे। साथमा फोन गर्ने चानचुन पैसा पनि थियो नै।

> टेलिफोन बुथमा पुगेर पैसा छिराएर फोन गरे त्यो रविको काकाको छोरालाई। उनीसंग अरु नम्बर पनि थिएन्। उसको मोबाइल फोन पनि तीन घण्टी जाँदा उठ्यो। अनि फोन मै नजिकमा देखिने साइनबोर्ड पढेर सुनाउनका साथै ठाउँको प्रकृति बताए पछि रविका काकाका छोराले भने –

> 'ल मैले तपाई भएको ठाउँ बुझेँ। तर, अहिले हामी काममा छौ। तपाई त्यहीँ बस्नु होला तीन घण्टा पछि हामी तपाईलाई लिन त्यहीँ आई पुग्छौँ।' उनैले रवि त सरासर नै आइपुगेको र उमेश आउने प्रतीक्षामा रहेको बताए।

> संजोग कस्तो परेछ भने रविको काकाको छोरो भएको बर्मिंघममै उमेश पुगेका रहेछन्। त्यो पनि उनीहरुले काम गर्ने ठाउँकै नगिचमा। आपत नै आपत भोग्दै आएका उमेश थाहा नै नपाई एकदम ठीक ठाउँमा आइपुग्नु पनि सवै भन्दा ठूलो अचम्म भयो।

त्यही चमत्कारका बीच करिब साढे तीन घण्टा जति पछि त रवि र उसको काकाको छोरा दुई भाइ भएर उमेशलाई लिन आइ पुगे।

Recent Blogs