क्यान्सर अस्पतालको यात्रा
>
उपचारको भन्दा खर्चको चिन्ता ठूलो!!
>
– गोविन्द बेल्वासे
>
भारत, पश्चिम बंगालका एक जना अधबैंशे बंगाली पुरुषले आफ्ना छोरा छोरीले खर्च गर्न नहिच्किचाएको गुनासो गर्दै थिए, मसंग। तर, उनका छोरा–छोरीले उनकै क्यान्सर रोगको औषधि गर्न गरेको खर्चको विषयमै उनको गुनासो रहेछ। उनले 'कमाउन कति गाहारो हुन्छ, भन्ने यीनीहरु बुझ्दैनन्' भन्दै छोरा–छोरी तथा परिवार प्रति गुनासो गर्दै थिए।
>
उनको आसय बुझे पछि, 'यो त छोरा–छोरीको तपाईँ प्रतिको माया तथा ममता हो', भन्ने कुरा उनलाई बुझाउन मैले असफल प्रयास गरें।
>
एकातिर छोरा छोरीले क्यान्सर लागेका बाबुको औषधि उपचारमा मन खोलेर खर्च गरेको ममता–भाव र अर्को तर्फ पिताको औषधि उपचारका लागि छोरा–छोरीले सम्पत्ति खर्च गरेकोमा पिताले चिन्ता गरेको देख्दा कसको पो मन छुँदैन होला र! अहिलेको स्वार्थी जमानामा अग्रजहरु प्रति सन्ततिको यति धेरै माया हुने पुर्वीय (हाम्रो) परम्परा गैसकेको रहेनछ भन्ने प्रष्ट हुँदा म एक किसिमले निकै खुसी पनि भएं।
>
रगतमा क्यान्सर लागेका भाञ्जाको उपचार गर्ने क्रममा निमोनियाले सताए पछि उनी सिकिस्त परेकाले म उनलाई भेट्न 'बम्बइको टाटा मेमोरियल क्यान्सर अस्पताल'मा पुगेको हुँ। उनलाई काठ्माण्डौबाट उपचारका लागि त्यो अस्पतालमा लगेको करिब दुई हप्ता भैसकेको थियो।
त्यहाँ विरामीलाई कुनै इन्फेक्सन हुन्छ कि, भन्ने डरले विरामीसंग एकजना आफन्तलाईमात्र वार्डमा बस्ने सल्लाहा दिइएको हुनाले म वार्ड वाहिरको प्रतीक्षा कक्षमा बसिरहेको थिएं। त्यसै बेला भारतकै एक जनाले मलाई उक्त अस्पताल सरकारी हो कि होइन् भन्ने जिज्ञासा ब्यक्त गरे।
>
मैले भने उनलाई उक्त अस्पताल सरकारी नभएर च्यारिटीको भरमा सञ्चालीत भएको बताएँ। तर त्यो कुरा मलाई पक्का थाहा भएर भन्दा पनि अनुमानका भरमा नै बताको थिएं। सायद उनले मलाई पनि कुनै भारतीय नागरिक नै ठानेर उक्त प्रश्न सोधेहोलान जस्तो लाग्छ।
>
त्यही बार्तालापको क्रममा मेरै छेउँमा बसेका ब्यक्तिसंग पनि कुराकानी सुरु भयो। उनी बंगाली भाषा बोल्दारहेछन्। हिन्दी बोल्न उनलाई त्यत्ति सजिलो नलागे जस्तो लाग्यो। न त मैले बंगाली भाषा जान्ने नत उनले नेपाली भाषा जान्ने तर उनको इंगलीस भाषाको अभिब्यक्ति को भाव र आशय भने मैले बुझरहेको थिए। ब्याकरण नमिलेको बाक्यांश भए पनि उनी बल गरी–गरी अंगरेजी बोलिरहेका थिए। क्यान्सर लागे पछि उपचार गर्न लागेको खर्चबाट उनका छोरा–छोरीले थप्दै र बोक्दै गरेको ऋणको भारी उनको चिन्ताको विषय बनेको रहेछ। उनलाई आफ्नो रोग र
स्वास्थ्यको भन्दा सन्ततिका थाप्लामा थपिँदै गरेको ऋणको भारी बढी चिन्ताको विषय भएको छ। उनको रोग निको पार्ने उपचार पद्दति
अन्तर्गत रेडियमको सेकाइ र केमो थेरापी अपनाइएको उनले बताए। केमो थेरापीमा रसायन शरीरमा प्रवेश गराएर क्यान्सर तत्व 'ब्लास्ट' नस्ट
गर्ने गर्दा त्यस्तो रसायनले 'ब्लास्ट' मात्र होइन शरीरलाई फाइदा गर्ने कोषिकाहरु पनि नस्ट गरिदिन्छ। त्यसैले गर्दा शरीरमा रोग प्रतिरक्षा गर्ने
शक्ति क्षीण हुने हुनाले नै त्यस्ता विरामीहरुलाई कुनै इन्फेक्सन हुन नपाओस भनेर बढी होस पुर्याउनु पर्ने कुरा पनि मैले थाहा पाएं।
>
तर ती वंगाली मित्रलाई भने त्यो आधुनिक चिकित्सा प्रणालीको पद्दति भन्दा बढी रामदेवको योगाबाट आफ्नो आयू लम्बिइरहेको जस्तो लागेको
रहेछ। त्यो उनको यथार्थ थियो वा छोरा–छोरीको ऋणको भार नथप्ने जुक्ति, त्यो भने उनैलाई मात्र थाहा होला। रामदेवको योगा गरेका भरमा
क्यान्सर निको पार्ने उनका कुरामा म सहमत हुन सकिरहेको थिइन तर मैले उनीसंग तर्क गर्न पनि आवस्यक ठानिन।
>
त्यत्ति धेरै खर्चिलो उपचारले बाँचेको ज्यान भन्दा रामदेवको योगाबाट जति हुन्छ त्यत्ति दिन मात्र अरु बाँचेर छोरा–छोरीलाई ऋण नथप्न पाए
उनलाई सन्तोष लाग्थ्यो भन्ने आसय उनका हरेक कुराबाट झल्किन्थ्यो। झट्ट हेर्दा स्वस्थ्य नै देखिने ती बंगाली साथी क्यान्सर रोगबाट पीडित
भएको पनि छ महिना भन्दा बढी भैसकेको रहेछ।
बम्बईको क्यान्सर अस्पतालमा मेरो भ्रमणका क्रममा कुराकानी भएका ती मंगाली मित्र त एक पात्र मात्र हुन। त्यही अस्पतालमा, एक
सिक्किमका नेपाली भाषी परिवार पनि क्यान्सर उपचारका लागि नै आएका रहेछन्। उनलाई सिक्किमका नेपाली भन्न ठीक होला जस्तो लाग्छ। सिक्किम भारतको प्रान्त भए पनि भाषा, संस्कृति र भावनाले नेपाली नै हुन् उनीहरु। सिक्किमका ती विरामीको फोक्सोमा लागेको क्यान्सर
रेडियम सेकाइ र केमो थेरापीबाट ठीक भएको रहेछ। तर अस्पतालले तीन महिनामा पुनः जाँच गर्न बोलाएको रहेछ। त्यसैले उनीहरु आएका
रहेछन्। तर जाँचका क्रममा फोक्सोमा लागेको क्यान्सर सञ्चो भए पनि घाँटी निर फेरि क्यान्सर 'ब्लास्ट' सरेकोले उपचार लम्बिएको रहेछ। हुन
त घाँटी निर देखिएको ठाउँमा क्यान्सर नै हो कि होइन भन्ने जाँच गर्न पठाएको रिपोर्ट म त्यहाँबाट हिँड्दाको दिनसम्म आइपुगेको थिएन्। त्यो
जाँचको रिपोर्ट आउन बहत्तर घण्टा भन्दा बढी लाग्दोरहेछ। उनीहरुले त्यही बायप्सी रिपोर्ट पर्खिरहेका थिए। त्यो रिपोर्ट आए पछि बल्ल कुन
उपचार पद्दति अपनाइनेहो भन्ने निधो हुँदोरहेछ। तर केमो थेरापी चलाउने संभावना रहेको विरामीका भाइले बताए। भतिजो र भाउजुसंग दाइको
उपचार गराउन त्यहाँ आएका सिक्किमका ती भाटिया थरका मित्र पनि मिलनसार नै रहेछन्। उनले आफ्ना दाजुलाई फोक्सोमा क्यान्सर लाग्ने
कारण बताउँदै गुनासो पनि गरे। दाजुले पहिला दिनमा दुई डिब्बा चुरोट खाने गरेको, तास खेल्ने आदतले गर्दा चुरोटको असर झन बढी भएको र
त्यसकै कारणले फोक्सोमा क्यान्सर लागेको गुनासो सुनाए। रेडियमको सेकाइ र एक डोज केमो (रसायन) दिए पछि फोक्सोको त्यो क्यान्सर भने
निको भएको रहेछ।
>
क्यान्सर रोगको उपचारका लागि रेडियमले सेकेर क्यान्सर तत्व मार्ने र केमिकल शरीरमा हालेर उपचार गर्ने दुई पद्दति अपनाइँदोरहेछ।
>
बाइस वर्षका उमेरमा रगतमा क्यान्सर लागेका भाञ्जालाई भेट्न म बेलायतबाट बम्बई पुगेको हुँ। पोहोरसाल मात्र फिलिपिन्सबाट पाइलट कोर्ष
पास गरेर हवाइजात उडाउने लाइसन्स समेत निकालिसकेका भाञ्जालाई त्यस्तो खतरनाक रोग लागेको सुन्दाका दिन रातभरि म निदाउनै सकिन।
आफन्त विरामी भएको सुनेर रातभरि झपक्कै निद नलागेको यो मेरो पहिलो अनुभव हो। उमेर ढल्किए पछि कोही विरामी परेको वा मृत्यू भएको
सुन्दा भन्दा आफ्नो काखमा हुर्किएका कलिला उमेरका ब्यक्तिलाई रोग लागेको सुन्दा बढी पीर लाग्दोरहेछ। क्यान्सर रोग लागेको निधो भए पछि
उपचारका लागि बम्बई लैजाने भन्ने सुनेदेखि नै उनलाई भेट्न बम्बई जाने योजना बनाउँदै थिए। उनको उपचारको खबर पनि दैनिकजसो
फोनबाट भए पनि लिंदै रहें। तर एक दिन श्याम (विरामी का पिता तथा मेरा बैनीज्वाई) संग कुरा हुँदा विरामीलाई छातीमा इन्फेक्सन भएको
बताउनु भयो। त्यो अस्पतालमा पुगेर केमो उपचार सुरु भएको सातौ दिनमा त्यो इन्फेक्सन भएको डाक्टरले बताएछन्। डाक्टरले विरामीको
अवस्था सिकिस्त रहेको बताए पछि विरामीका पिता आत्तिनु त स्वभाविकै थियो। त्यो खवरले म पनि आत्तिएं, मन ब्याकुल भयो र भोलि पल्ट
नै बम्बैका लागि प्रस्थान गरें।
>
यस भन्दा अघि म कहिल्यै बम्बई गएको थिइन्। भारतका अरु शहरमा जाँदा कोइलाको धुँवाको गन्धले स्वागत गरे झै त्यहाँ पनि एयरपोर्टबाट
निस्कँदा त्यो गन्धले स्वागत गर्ला भन्ने लागेको थियो। तर मेरो नाकले त्यो चित परिचित गन्ध भने थाहानै पाएन्। विहान पख उजेलो नहुँदै
एयरपोर्टमा रोकिएको प्लेनबाट आर्लिएर सिधै जाँदा सुतेकाहरुको निद्रा विगारिदिनु भन्दा दुई घ48टा जति एयरपोर्टमा विताएर अस्पताल तिर
जाने योजना बनाएर बाहिर बसिरहेको थिए। मेरै अगाडिबाट एउटा खाइलाग्दो ठूलो मुसो दगुरेको देखेर त्यसको फोटो खिच्न मैले क्यामरा झक्दा
झक्दै त्यो मुसो हरायो। अरबबाट छुट्टिमा आएका एक नेपाली र उनलाई लिन गुजरातबाट आएका एक नेपाली पनि त्यहीँ भेटिए। तर त्यहीँबाट
उनीहरु आफ्नो बाटो लागे। म पनि आफ्नो बाटो लागेँ। प्रिपेड टेक्सीको पैसा बुझाउन लामो लाइन रहेछ। त्यो फोटो खिचेँ। तर मैले फोटो
खिचेपछि चौकिदार भाइले भने, त्यहाँ फोटो खिच्न नपाइने बताउँदै क्यामरा थन्काउन आदेश दिए। मैले पनि आदेश खुरुक्क पालन गरी दिएँ।
जाँना साथै विरामी भेट्न मन लाग्यो। भेट्दा त विरामी साच्चै नै सिकिस्त रहेछन्। हातमा सलाईन चढाईरहेको, मुखमा अक्सिजनको मास्क
जोडिएको, पुरै लम्पसार परेर सुत्न नसकेकाले आधा उठाइएको बेडमा सुतेको विरामी देख्दा नरमाइलो लाग्यो। तर, आधुनिक चिकित्सा प्रणाली र
सुविधाको भरोसामा विरामीलाई सञ्चो हुने आशा गर्नै पर्ने बाध्यताको घेरा भित्र बाँधिएको थिएँ म पनि। म त्यहा पुग्नाले छोरोको रोग र
अवस्थाका कारण पीडा महशुस गरिरहेका श्यामलाई पनि केही सान्त्वना मिल्यो जस्तो लाग्छ। म त्यहाँ पुगेपछि भोलि पल्ट विरामीको अवस्थामा
अघिल्लो दिन भन्दा अलि सुधार देखियो तर त्यत्ति धेरै सुधार भैसकेको भने थिएन्। केहि दिनदेखि हरेक दिन अरुको रगत दिएर विरामीको प्राण
धान्न परेकोमा अरुको रगत नदिइ विरामीको प्राण धानिँदाको दिन हामीलाई धेरै नै सान्त्वना मिल्यो। क्रमसः तेस्रो र चौथो दिन पनि विरामीको
अवस्था सुधार हुँदै गयो। पाँचौ दिनको दिन त सलाइन पनि चढाउन नपरेको र रगतमा प्लेटलेट र हेमोग्लोविन पनि बढेको देखेपछि त साच्चै नै
चमत्कार भए जस्तै लाग्यो। हुन पनि डाक्टरहरुले पनि आशा मारेका रहेछन् जस्तो लाग्यो मलाई। तर त्यो सुधार देखे पछि डाक्टरहरु पनि छक्क
परे। विरामीको अवस्था हेरेर होला डाक्टरले हरेक दिन एक दिनका लागि मात्र औषधि किन्न पठाउँथे। तर विरामीको अवस्थामा सुधार आएपछि
दुई तीन दिनका लागि औषधि मगाउन थाले। डाक्टरलाई पनि अव भने विरामीको आयू लम्बिएको विश्वास भएको अनुमान गरें।
बम्बइ अचाक्ली महगो शहर रहेछ। बसाईको ब्यवस्था गर्न ज्यादै खर्चिलो। त्यसमाथि क्यान्सर उपचारका लागि सारै महगो उपचार पद्दति रहेछ।
विरामी कुर्न एक जनाले भएन तीन–चार जना बस्दा त्यो खर्च पनि थपिने। त्यसैले क्यान्सरको उपचार गराउनु चाने चुने कुरो पनि होइन रहेछ।
बम्बई बाट फर्किएपछि बेलायतमा केही मित्रहरुसंग त्यस विषयमा कुरा हुँदा एक मित्रले आफ्नी आमाको क्यान्सर उपचारमा खर्च धेरै भएर पनि
सञ्चो नभएको गुनासो पोख्नु भयो। 'सास छँदासम्म आश' गरेर उपचारमा खर्च पनि गर्नु पर्ने सञ्च पनि नहुँने अवस्थाको पीडा भुक्तभोगीलाई झन
बढी थाहा हुँदोरहेछ। अर्का मित्रले पनि विरामीलाई सञ्चो हुँदैन भन्ने थाहा हुँदा हुँदै पनि उपचारमा धेरै खर्च गर्नु पर्ने क्यान्सर रोगको ब्याथा
कहनु भयो। तर, उहाँ पनि त्यो अवस्थाको भुक्तभोगी हो कि अरुको देखेर अनुभव सुनाउनु भएको हो भन्ने सोध्ने आँट भने मैले गर्न सकिन।
आफ्ना मान्छेको जीवन मुल्यहीन हुने हुनाले सक्नेले त आश छँदासम्म खर्च त गर्ने नै भए।
रोग भने खर्च गर्न सक्ने वा नसक्ने कसैलाई पनि नलागिदिए पनि त हुन्थ्यो नि।
त्यो अस्पतालमा भेटिएका एक विरामी भने रसीक रहेछन्। आफ्नो शरीरमा चढाइरहेको सलाइनको बोतल आफ्नै हातले उचालेर आफ्नो वाडबाट
हिँड्दै आएर प्रतीक्षा कक्षमा आरामा गरीरहेका ती विरामीसंग त्यहीँ नै मेरो पनि कुराकानी भयो। डाक्टरले अलि अलि हिँडडूल गर्ने सल्लाहा दिए
अनुसार उनी त्यसरी वाहिर आएका रहेछन्। बरेलीबाट उपचारका लागि त्यो अस्पतालमा आएका सुँदार पेशा गर्ने ती यूवालाई पनि रगत मै
क्यान्सर लागेको रहेछ। दुई सन्तानका बुवा पनि रहेछन्। उनी पहिलो खुराक रासायन रगतमा दिए पछि दोस्रो खुराक रसायनको उपचारका क्रममा
थिए। रोगकै कारणले होला अलि चिन्तामा ब्याकुल रहेको पनि देखिन्थे। तर कुराकानी र उनको भाव भने बडो रसीक थियो।
© www.amaaba.org