दोहोरो नागरिकताका लागि संगठनहरुले सक्रियता देखाउने ठीक समय
>
गोविन्द बेल्वासे.
>
खास गरेर इन्टरनेट, दुरसंञ्चार र यातायातमा भएको प्रविधि विकासले गर्दा संसारले सानो गाउँको स्वरुप धारण गरिसकेको छ। प्रत्येक १ सय जनामा १ जना मानिस आफ्नो जन्मभूमि भन्दा टाढा अरु नै कुनै देशमा गएर वसेको हुन्छ। विश्व ब्यापारिकरणको कारण धनीमानी तथा भनौ लगानीकर्ताहरुलार्ई राष्ट्रिय सीमानाले एक देशबाट अर्को देशमा आवत जावत गर्ने आदि कुरामा ब्यवधान गर्दैन। उनीहरु जँहा सुकै आवत जावत गर्न भिसा पाउछन् तर मजदुर भने एक देशवाट अर्को देशमा छिर्न पाउँदैन। उसमाथि नियन्त्रण गरिन्छ जसले गर्दा आधुनिक दासको ब्यापकता दिनानुदिन वढ्दो छ। श्रमिकहरुको ठूलो वलिदानवाट स्थापित दैनिक आठ घ48टा काम गर्ने समय अव दन्त्य कथा भैसक्यो। खास गरेर सोभियत संघको विघटन र नेटो समुहको स्वेच्छाचारी नीतिका कारण गत १४–१५ वर्षदेखि धनी मुलुक झन् पछि झन सुविधा मुखि र गरीव मुलुक झन झन उत्पिडित हुने नीतिहरु लागु हुँदै छन्। भारत जस्ता केही विकासोन्मुख राष्ट्रहरुले आफ्नो मुलुकवाट पलायन भएर धनी राष्ट्रहरुमा वसोवास गरेका आफ्ना नागरिकहरुबाट आफ्नो देशमा लगानी आकर्र्षित गर्ने नीति अपनाएको पाइन्छ। त्यसरी देशको आर्थिक विकास गर्ने नीति अरु गरीव देशहरुका लागि अनुकरणात्मक भएको छ ।
>
राष्ट्रवादको पुरानो मान्यता र प्रचलनमा दोहोरो नागरिकतालाई नराम्रो मानिन्थ्यो। नेपालको २०१९ को संविधानमा अपनाइएको आइभर जेनिङ्सको नागरिकता सम्वन्धी त्यस्तै अवधारणालाई नै २०४७ को संविधानले पनि अपनाएको थियो। संविधान सभाको निर्वाचनका क्रममा नेकपा माओवादी पार्टीले भने आफ्नो घोषणापत्रमा दोहोरो नागरिकता लागु गरिने कुरा प्रष्ट उल्लेख गरेको थियो। नेपाली कांग्रेस र एमालेले पनि दोहोरो नागरिकता लागु गर्ने कुरा घोषणा पत्रमा उल्लेख नगरे पनि शैद्धान्तिक रुपमा स्वीकार गरेको पाइन्छ। हाल सम्म नेपालमा दोहोरो नागरिकता राख्न नपाइने र नेपाल बाहेक कुनै अरु देशको नागरिकता प्राप्त गरे नेपालको नागरिकता स्वतः समाप्त हुने मान्यता रहेको छ। (नागरिकता ऐन २०२० को दफा ९(१))। अमेरिकामा भने स्वतः नागरिकता समाप्त हुने प्रावधानलाई गैरन्यायीक तथा असंवैधानिक ठहराउँदै सर्वोच्च अदालतले १९६७ मा नागरिकता नागरिकको मौलिक अधिकार भएकोले स्वेच्छाले मात्र परित्याग गर्न सकिने नजीर कायम गरेको छ।
>
क्यानडाले १९७७ देखि दोहोरो नागरिकताको ब्यावस्था लागु गरेको छ।
>
भारतमा विश्व ब्यापारिकरणको भेलमा प्रवासी भारतीयहरुकेा लगानी आकर्षित गर्न मई ९, २००३ मा नागरिकता ऐन १९५५ मा संशेाधन गरी १६ मुलुकमा वस्ने प्रवासी भारतीयहरुलाई भारत आवत जावत र वस्न फुकुवा गर्दै दोहोरो नागरिकता राख्न पाउने ब्यवस्था गरेको छ। ती १६ मुलुकहरुमा ( संयूक्त राज्य अमेरिका, क्यानडा, बेलायत, नेदरल्या48ड्स, इटली, आयरल्याड, पोर्चुगल, स्विट्जरल्या48ड, ग्रीस, साइप्रस, इजराइल, अष्टे्रलिया, न्यूजील्या48ड, फ्रान्स, स्विडेन र फिनल्या48ड रहेका छन्।
>
यस ब्यवस्थाले एक त भारतीय मुल कै ब्यक्तिहरुमा फरक फरक मुलुकमा वसेकै कारण असमान ब्यवहार गरेको छ भने यसले गरीव मुलुकवाट नाफा कमाएर धनी मुलकतिरै लाने वाटो पनि खुला गरेको छ। यसको परिणामस्वरुप सुरुमा लगानी गर्ने रकम भित्रिए पनि अन्ततोगत्वा त्यो लगानीवाट हुने फाइदा धनी मुलुक मै जाने हुनाले धनी र गरीव बीचको दुरी झन वढ्न जाने विश्लेषकहरु बताउँछन्।
>
प्रवासी नेपालीहरुले पनि नेपालको वेरोजगारी र सस्तो श्रमवाट नाफा कमाउने उद्देस्यले नागरिकता संवन्धी ब्यवधान हटाएर नेपालमा लागनी गर्न दोहोेरो नागरिकताको ब्यवस्था आवस्यक ठान्दछन्। हाल विश्वका आधा भन्दा वढी राष्ट्रहरुले अरु कुनै राष्ट्रको नागरिक वनिसक्दा पनि आफ्नो नागरिक रहिरहने ब्यवस्था लागु गरेका छन्
>
दोहोरो नागरिकताको ब्यवस्था लागु गर्नाले नेपाल र प्रवासी नेपालीहरुका लागि निम्न फाइदाहरु हुन सक्छन् ...
>
दोहोरो नागरिकताको ब्यवस्थाले प्रवासी नेपालीलाई नेपाल आवत जावत गर्न सजिलो हुनका साथै भिसा लिइरहनु पर्ने झन्झट हटेर जाने छ। यसले गर्दा प्रवासी नेपालीवाट चल्ने नेपालको प्रयटन ब्यवसाय फष्टाउने छ।
>
विकसित र सुविधा सम्पन्न राष्ट्रहरुमा वसोवास गर्ने कतिपय प्रवासी नेपालीहरु लगानी र ब्यापारका क्षेत्रमा दक्ष र सीपवान रहेका छन्। दोहोरो नागरिकताको ब्यवस्थाले उनिहरुको सीप र दक्षता सहितको लगानीलाई नयाँ नेपाल सिर्जना गर्ने अर्थ ब्यवस्था अन्तर्गत नेपालको आर्थिक कारोवारमा आकर्षित गर्ने छ। साथै भैरहेका लागनीमा थप सौहार्द्रताका लागि सुविधा प्रदान गर्ने छ।
>
दोहोरो नागरिकता सम्वन्धी प्रावधान भावनात्मक हुनका साथै आदर्शको विषय पनि हो। नेपाली जहाँ गएर वसे पनि नेपालसंग उसको भावना गाँसिएको हुन्छ। नेपाल प्रतिको प्रवासी नेपालीको लगाव भावनात्मक र सांस्कृतिक पनि हुन्छ। त्यसैले प्रवासी नेपालीहरुलाई दोहोरो नागरिकता संवन्धी प्रावधानले नेपालीहरुको सामाजिक विकासमा टेवा पुर्याउन समेत मद्दत पुग्ने छ।
>
प्रवासी नेपालीहरुका सन्ततीहरुमा आफ्नो पुर्ख्यौली प्रतिको लगाव तथा सस्कृतिको रक्षा र सामाजिक संहिष्णुताका लागि पनि दोहोरो नागरिकताले मद्दत पुर्याउने छ। यसले गर्दा प्रवासी नेपालीका सन्ततीमा नेपाल प्रतिको प्रेमको भावनालाई निरन्तरता दिन सकिने छ।
>
ब्रिटिस गोर्खा सेनामा काम गरेका नेपालीले वेलायतको नागरिकता पाउन सक्ने गरी भएको निर्णयका सन्दर्भमा दोहोरो नागरिकताको ब्यवस्थाले उनिहरुलाई बेलायती नागरिकता पा्रप्त गर्न सजिलो पारेको छ। उनिहरुले वेलायतको नागरिकता लिंदा नेपालको नागरिकता स्वतः गुम्ने गरेको छ ।
संविधान सभाको निर्वाचन सम्पन्न भएर सवैभन्दा ठूलो पार्टीका रुपमा स्थापित भएको माओवादी पार्टीले आफ्नो घोषणा पत्रमा दोहोरो नागरिकताको ब्यवस्था गर्ने उल्लेख गरेको छ। तर, संविधान बनाउँदा चाहिने दुईतिहाइको प्रावधान र मिलिजुली बनेको सरकारको अवस्थालाई मध्यनजर गर्दै नेपालमा दोहोरो नागरिकता लागु गराउन विदेशमा क्रियाशिल संघ संगठनहरु सक्रिय हुनु पर्ने अवस्था सिर्जना भएको छ।
>
निर्वाचन सम्पन्न भएर सरकार बन्न लामो समय (चार महिना) लागे पनि अव सरकारको र संविधानसभाको संविधान बनाउने मुख्य काम सुरु हुने वाला छ। वारबिक्यूमा लम्पट हुन जाँगर, श्रम र रकम सवै जुट्ने तर दोहोरो नागरिकताको आवस्यकता र संवैधानिक प्रावधान संबन्धी विचार गोष्ठी र अन्तरक्रिया गर्नमा भने बेलायतका संघसंस्थाहरुले सक्रियता नदेखाउनुबाट यहाँका संघ सस्थाहरु आफ्नो काम कर्तब्य प्रति सचेत नभएका हुन कि भन्ने प्रश्न पनि उठ्न थालेको छ।
>
फलाम तातेको बेलामा हिर्कायो भने आफुले चाहेको आकारमा त्यसलाई ढाल्न सकिन्छ। तर त्यो सेलायो भने आफ्नो आकारमा ढाल्न सकिन्न। त्यसैले दोहोरो नागरिकता लागु गराउनका लागि आवाज उठाउन यो एकदम ठिक बेला भएकोले बेलायतका सवै संघ संस्थाहरु यास विषयमा एकजुट भएर आवाज बुलन्द गराउन आवस्यक छ।
© www.amaaba.org