Blog Details

Govind Belbaseपुरानो ब्लगबाट

छोप्नु छ

30 Nov, -0001

छोप्नु छ


सेल्टर बस्न जाँदा बोकेका
मकैका पोस्करका झोला
देख्नेबाट ब्रिफकेस छोप्नु छ
एउटा लाज छोप्नु छ,

थोत्रो बस कुर्ने सेल्टर दाता
माचमा परालले पुरेर लुकाउँदै
औँसीमा पम्प्लेट बोक्ने काम्रेडबाट
जस्ताको तस्तैको विभेद छोप्नु छ,

विद्रोह र जुलुसका आशहरू
झोपडीमा बाँडेका स्वप्नहरू
महलका परखालले छोप्नु छ
एउटा लाज छोप्नु छ,

गाउँदेखि दलेटारका विभेद
उत्थान सपनाको ढाँटको परखाल
कालो सिसा चढाएर छोप्नु छ
एउटा लाज छोप्नु छ,

हो, सखे, ब्रिफकेस भित्रको
कालो सिसाले गाडी भित्रको
अग्लो पर्खालले घरभित्रको
दलालीको सवै ढाँट छोप्नु छ ।