Blog Details

Blog Image

तिमी चुप छौ

Text Reader Controls

1.0
1.0
1.0

प्रहरी खुब रिसाए,
अनुसन्धानपछि पो थुन्ने हो,
थुनेर अनुसन्धान गर्ने होइन, भनेर
जव रवि लामिछाने थुनिँदा भनेँ,


महिलाहरू खुब रिसाए जब त्यही कुरा
महरा थुनिँदा भनेँ,


हिटलरपन्थीहरू खुब रिसाए
जव त्यही कुरा
भीम उपाध्याय (पूर्व सचिव) थुनिँदा भनेँ,


पञ्चहरू खुब रिसाए
जब रामेश र पाख्रिनले त्यही गाए,


सरकारी भरौटेहरू खुब रिसाए
जब जीवन शर्माले त्यही गाए,


अनाहकमा तिमी थुनिँदा
त्यही भन्ने छौ,
तब म खुब रिसाउने छु,
किनकि अहिले तिमी चुप छौ ।