Blog Details

Govind Belbaseपुरानो ब्लगबाट

गफ

30 Nov, -0001

नबनु भन्छु उदास
बनाउँ भन्छु देश
बदलिन्छ हाम्रो
क्रान्तिको भेष


नक्खुको चर्खामा देश बन्छ
भैरवाको बुद्ध बन्दुक बोक्छ
जिम्दार साहु मुखियाका बाला
मुलुक सपार्ने देख्दछ खाका


बालुवाका महलको चर्तिकला
टार खेत सुकेर बाँझियो
धनौरा भेरहवा नक्खुकोबाटो
पीच भएर शिंहासन पुग्छ,


गौँथलीको गुँडमा कौवाको वास
भूतको कथा मरूभूमिको रापमा
क्रान्तिको सपना तुहिएछ जापमा
यही हो गफ विकासको नाममा