छिमेकी आचार संहिता
छिमेकीलाइ झर्को लगाउने हल्ला गर्नु र छताछुल्ल चुलिएको बीन बक्स (फोहर–डिब्बा) देखिनु बेलायती समाजमा अभद्र छिमेकीको परिचय बन्ने गर्छ । तर यस्ता विषयले मात्र असल छिमेकीको निर्धारण गर्दैन र कानूनको पालना गर्ने तथा असल छिमेकी बन्ने छुप्रै आचरणले सभ्य नागरिकको झल्को दिने गर्छ । आफ्नो बारीभित्र फैलिएको छिमेकीको हाँगाबाट फल टिप्नुदेखि राति ८ बजेपछि हुबर (सफाइ यन्त्र) चलाउँदा पनि कानून मिचिन्छ भन्ने जानकारी सवै नागरिकलाइ नहुन पनि सक्छ । अभद्र ब्यवहार (न्यूसेन्स) सम्बन्धी कतिपय कानूनी प्रावधान कतिपयलाइ अचम्म लाग्ने खालका पनि छन् । नेपालको मुलुकी ऐन, चोरीको महलले फलफूल चोरेको बात लाग्दैन भनेर सिकाएको थियो तर यो देसमा त आफ्नै बारी ओघटेको छिमेकीको हाँगाबाट फल टिप्दा चोरी गरेको बात लाग्ने कानून थाहापाउँदा म चाहीँ छक्कै परेँ ।
बारीमा जडान गरेको पानीको झर्ना तथा फोहराको आवाजले शान्ति दिलाउँछ भन्ने सामान्य मान्यता छ तर त्यही आवाज कुनै छिमेकीलाइ अपृय लागेर उजुर गर्नपनि सक्छन् । सन् २०१४मा "Which" नामको संस्थाले गरेको एक सर्वेक्षणबाट बेलायतबासी हरेक चार मध्ये एक छिमेकीलाइ आफ्नो छिमेकीप्रति अभद्र ब्यवहारसंबन्धी गुनासो रहेको देखिएको छ ।
असल छिमेकी बन्ने र हेक्का राख्न जरूरी हुने आचारण के हुन त ?
• सफाइगर्ने धारा, बारी सिचाइगर्ने पाइप वा फूलविरूवा छिमेकीको बार (फेन्स)मा जाडान गर्नु भन्दा पहिला छिमेकीसंग त्यसको लागि अनुमति लिनु पर्छ ।
• फूलबारीमा जडान गरेका पानीका भूल्का, फोहरा तथा झर्नाहरू आफ्ना लागि आनन्ददायी हुँदाहुँदै पनि छिमेकीका लागि ध्वनि प्रदुषणको कारण हुन पनि सक्छ ।
• छिमेकीका बारीका रूखका हाँगा आफ्नो बारीमा आएको जतिमात्र काट्न–छाट्न पाइन्छ तर त्यस्ता हाँगा–विँगा, पात–पतिङ्गर छिमेकीका बारीमा फाल्न पाइँदैन ।
• छिमेकीकै बारीतिर रहेका छिमेकीका हाँगा–विँगा काट्नु गैरकानूनी कार्य हुन्छ । आफ्नै बारीका रूख–बिरूवाका हाँगा छिमेकीका बारीमा खस्ने गरी काट्नु पनि हुँदैन, यदी त्यसो गर्नै पर्ने भयो भने पनि पहिला छिमेकीसंग अनुमति लिएर काटेपछि त्यसको सफाइ समेत छिनोफानो आफैले लगाइदिनु पर्छ । त्यसमा पनि संरक्षणका लागि रहेका हाँगाविँगा काट्न पाइँदैन ।
• आफ्नै बारीमा झुण्डिएको भए पनि छिमेकीको फलफूल टिप्नु हुँदैन । छमेकीको फलफूल टिपे चोरिको बात लाग्छ ।
• सीसीटिभी क्यामरा जडान गर्दा छिमेकीको सम्पत्ति पूरै वा आंसिक रूपमा देखिने गरी जडान गर्नु हुँदैन । त्यसो गरिएमा गोपनीयता संबन्धी हक (Right to Privacy) हनन गरेको हुन्छ ।
• आफ्नो बारीमा काठ दाउरा घाँसपात पोल्दा–डढाउँदा, आफ्नै परिसरमा जडित चिम्नीबाट वा बारबीक्यू (BBQ) गर्दा निस्कने धुवा प्रदुषणले छिमेकीलाइ आघात पुग्न गए अभद्र ब्यवहार गरेको हुनजान्छ ।
• पंछी तथा कुखुरा पालन रहरको विषय र कसैलाइ रमाइलो लाग्ने पनि हुनसक्छ तर भाले बासेको र पोथीको कुड्कुड् ध्वनीले मात्र होइन खोरबाट फैलँदै छिमेकीको परिसरसम्म पुग्ने गन्ध, उपियाँ र किराले छिमेकीलाइ साताउन पनि सक्छ भन्ने कुरामा सचेत हुन जरूरी हुन्छ ।
• बालबच्चाका लागि बारीमा हालिएको ट्रयाम्पोलिन तथा खेलकुदका साधनबाट निस्कने आवाजबाट छिमेकीलाइ असर नगरोस भनेर होस पुर्याउनु पर्छ । साथै उफ्रँदा छिमेकीको परिसरमा देखिने अवस्थाले छिमेकीको गोपनीयताको अधिकारमा आघात पर्ने हुँदा साधानहरू जडान तथा उपभोग गर्दा ध्यान पुर्याउनु पर्छ ।
• सुरक्षाका लागि चम्किलो प्रकाश फैलने बत्ती जडान गर्दा त्यसको प्रकाश आफ्नो परिसरमा सिमित रहने र छिमेकीको परिसरमा नपुग्ने गरी जडान गर्नु पर्छ । त्यस्तो प्रकाशले छिमेकीलाइ प्रकाश प्रदुषण फैलाउने र अभद्र ब्यवहार ठहरिने हुन्छ ।
• ध्वनि सुनिने गरी घर मरम्मतका टाकन–टुकन काम (DIY) गर्दा सनीबार विहान ८ बजे देखि १ बजे साझसम्म, अरू दिन विहान ८ देखि साँझ ६ बजेसम्म मात्र गर्न हुन्छ र आइतबार पटक्कै गर्नु हुँदैन ।
• क्याराभान तथा अग्ला भ्यान जस्ता सवारी साधन रोकी राख्दा कतै छिमेकीको उज्यालो त छेकिएन भनेर हेक्का राख्नु पर्छ र छिमेकीको प्रकाश उपभोग अधिकारको सम्मान गर्नु पर्छ ।
डाँकु पनि थरिथरिका...
थोरै समयमात्र बुध्...
लुम्बिनीमा नै त्य...
दशक बित्दा पनि NRNना...
सारनाथ (बनारस)
...
गयादेखि गङ्गातट
बोधिवृक्ष आस्था, च...
भोका शिद्धार्थलाइ ...
ढुङ्गेश्री पहाड
गुफाबाट गयातिर
...
नालन्दा वरिपरि, जन...
नालन्दाः जनवरी १८, ...
नालन्दा महाविहार प...
वास्तवमा नालन्दा ...
The Neighbour in the UK
Govind Belbase
<...
बेलायतकी छिमेकी
ड्रोनमा बम सोझ्याउ...
आदरणीय मेरा संचालक...
जुनमा भेरायटी पढ्द...
गौदानबारे एआईको भा...
गौदानबारे एआईको भा...
कथाः विवेक
गो...
Please click h...
नेपाल सम्पर्कः गंगाराम थारू चौधरी, फोनः 9869852676
The UK: 23 Berkeley Road
Peterborough
PE3 9PA
Phone: 01733 831005
© www.amaaba.org