Blog Details

cateringpal
सयौं वर्षसम्म, प्राचीन ब्राह्मी लिपिलाई पढ्न सकिएको थिएन । उक्त प्रश्नको समाधान सावधानीपूर्वक प्राज्ञिक कडीहरू जोडेर खोजिएको हो। सर्बप्रथम प्राच्यविद जेम्स प्रिन्सेपले सन् १८३७ मा ब्राह्मी लिपिलाई डिकोड गरेर अर्थाउन सफल भएका थिए

साँचीका बासिन्दा र इम्यानुअल कान्टको पुर्वज्ञान

15 Nov, 2025

सास-बहु बेठा (नियात्रा)

साँचीका बासिन्दा र इम्यानुअल कान्टको पुर्वज्ञान


ती स्तम्भ अशोककै हुन् भन्ने विषयमा विरोधाभास भेटिन्छ । दक्षीणपूर्व एशियाका निकै धेरै ठाउँमा समान खालका स्तम्भहरू भेटिएका छन्।"बुद्ध नेपालमै जन्मेका हुन" भन्ने लेखिएको प्रमाण पनि त्यसै मध्येको एक स्तम्भ हो । तर, सम्राट अशोकको नाम उनका शिलालेखमा कहीं पनि उल्लेख भएको भेटिन्न। 

अहिले लुम्बिनीमा पनि स्तम्भ खडा छ। त्यहि स्तम्भले बुद्धको जन्मथलो चिनाएको हो । उक्त खम्बालार्इ "अशोक स्तम्भ" भनेर चिनिन्छ। 

'देवनाम पृयदर्शी' र अशोकको खोजी

स्मारकमा उत्कीर्ण शिलालेखमा 'देवनाम पृयदर्शी' उपाधिबाट सम्बोधन गरिने एक शासकबारे उल्लेख छ । उनले लुम्बिनीका स्थानीय समुदायलाई करमुक्ति प्रदान गरेका थिए भन्ने उल्लेख छ । अहिले भने यो ऐतिहासिक स्थलमा प्राचीन र आधुनिक दुवै भाषामा लेखेर राखिएको छ। तर यो सम्मानजनक उपाधिबाट कुन शासकलार्इ चिन्ने भन्ने प्रश्न अनुत्तरित नै थियो । विशिष्ट राजबंश शासक चिन्ने महत्वपूर्ण कडी हराइरहेको थियो।

बुद्धको अस्तित्व नै करिब एघारौं देखि १९ शताब्दिसम्म ओझेलमा परेको थियो । भारतमा बेलायतको शासन हुँदा कनिङ्घम र हड्शनले शामुएल बेलद्वारा अनुवादित होनश्याङको बृतान्त पढेपछि बुद्धको इतिहास उजागर हुँदै गएको हो । लुम्बिनी पनि त्यसै मध्येको एक कडी हो ।

त्यस्तै अर्को कडी साँचीका स्तुपा पनि हुन । भारतको मध्यप्रदेशको विदिशा शहर नजिकमा ती स्तुपाहरू छन् । 

सयौं वर्षसम्म, प्राचीन ब्राह्मी लिपिलाई पढ्न सकिएको थिएन । उक्त लिपीको प्रचलन धेरै वर्षदेखि हराएको थियो । त्यसैले गर्दा स्तम्भको वास्तविक ऐतिहासिक महत्व अनुसन्धानकर्ताहरूको लागि चुनौती बनेको थियो।

उक्त प्रश्नको समाधान सावधानीपूर्वक प्राज्ञिक कडीहरू जोडेर खोजिएको हो। सर्बप्रथम प्राच्यविद जेम्स प्रिन्सेपले सन् १८३७ मा ब्राह्मी लिपिलाई डिकोड गरेर अर्थाउन सफल भएका थिए । उनको योगदानबाट दक्षिण एसियाका धेरै शिलालेखहरूमा "देवनाम पृयदर्शी" उपाधि उल्लेख गरिएको पुष्टि भयो । उक्त उपाधिलाई अशोकसँग सीधा जोड्ने अन्तिम र अकाट्य प्रमाण भने साँचीको स्तूपबाट उजागर हुन पुग्यो।

बुद्धको अस्थी र स्तुपाको आकार

बुद्धले  महानिर्वाणा प्राप्त गरेपछि उनको अस्थीलार्इ अनुयायीहरूले आठ भागमा विभाजन गरेका थिए । सो वितरणका विषयमा विवाद रहेको भनाइ समेत पाइन्छ । त्यसमध्येको अहिले नवलपरासी जिल्लामा पर्ने रामग्रामको स्तुपा भित्रको "अस्थी" जस्ताको तस्तै रहेको मान्यता छ । अन्य सात स्तुपाबाट अस्थी झिकेर सम्राट अशोकले ८४ हजार भाग लगाएर विभिन्न ठाउँमा स्तुपा बनाएका थिए । उक्त तथ्य महानिर्बाणा शुक्तमा उल्लेख गरेको पाइन्छ ।

अस्थीलार्इ लोटाभित्र राखेर घोप्टाएर राखिएकै ढाँचामा स्तुपाहरू बनाउने चलन छ । त्यसैले स्तुपाहरूको आकार घोप्टाएको लोटा जस्तो देखिन्छ ।

थेरवादबाट महायानमा संक्रमण

सन् १५०-७०मा नागार्जुनले बुद्ध दर्शनलार्इ महायाना सम्प्रदायका रूपमा शुरूवात गरेको मानिन्छ । त्यसपछि मात्र बुद्धका चित्र र मुर्तीहरू बनाउन, स्थापना गर्न र पुज्न थालिएको हो । त्यसअघि बुद्ध दर्शनलार्इ थेरबादका रूपमा 'ब्यक्ति'लार्इ नभएर "बिचार"लार्इ पुज्ने तथा मनन् गर्ने चलन थियो । बुद्धका सवै सम्प्रदायले बुद्धलार्इ सम्झने माध्यमका रूपमा उनका स्तुपालार्इ बुझ्ने र बुझाउने गर्छन् ।

बुद्धका चेलाहरूको अस्थी राखिएका स्तुपाहरू पनि छन् । साँचीका बासिन्दाले "बहु-बेठा" भन्ने गरेको तुलनात्मक रूपले बुद्धको स्तुपा भन्दा सानो स्तुपामा सरिपुत्र र महामोदगल्यायनको अस्थी राखिएको छ ।

'सास बेठा' र 'बहु बेठा' को स्थानीय व्याख्या

साँचीका एक टुरिस्ट गाइड स्थानीय नै रहेछन् । त्यहिँ जन्मे हुर्केका । यही अक्टोबर १८का दिन मैले उनीसङ्ग सम्बाद गर्ने मौका पाएं । मेरो मनको खुल्दुली उनलाइ सोधिपनि हाँले । ती स्तुपा बुद्धसङ्ग सम्बन्धित हुन भन्ने थाहा नहुँदासम्म उनका बाजेबजै तथा नानानानीहरूले ती स्तुपालार्इ के भन्थे ?

उनले उत्तरमा स्थानीय जनताले ठूलो स्तुपालार्इ "सास बेठा" र साना स्तुपालार्इ "बहु बेठा" भन्ने गरेको बताए । हाम्रै छिमेकी गाउँमा मैले देखे भोगेकै जस्तो कण्डा(गुइंठा) बनाउने प्रचल उक्त विषयसङ्ग जोडेर नै उनले ब्यख्या गरे । तराइका गाउँमा चुलोमा बाल्न दाउराको विकल्प र सहयोगीका रूपमा गुइठा तयार गरिन्छ । गोबर र भुस मिसाएका डल्ला भित्तामा टाँसिन्छ । घाममा सुकेपछि कण्डा (गुइठा) तयार हुन्छन् ।

त्यस्तै गुइठा बनाएर सुकाउने थुम्कालार्इ स्थानीय भाषामा "बेठा" भन्दारहेछन् । ठूलो स्तुपालार्इ सासुले कण्डा टास्ने सोचाइका साथ "सास बेठा" भन्ने चलन बसेछ । सासु भन्दा बुहारी मानक्रममा सानी मानिने हुनाले साना स्तुपालार्इ "बहु(बुहारी) बेठा" भन्ने गर्दारहेछन् ।

सामान्यतया गुइठा बनाउन घर छेउँमा भत्केका परखालका अवशेस जस्ता भित्ताहरू प्रयोग गरिन्छ । तर, स्थानीय जनताले ब्यवस्थित रूपमा तयार पारेका ती ढिस्कालाइ गुइठा बनाउन तयार पारेको रूपमा बुझेका रहेछन् । स्तुपाको अर्थ त्यस्तै गुइठाहरू टासेर सुकाउन बनाएको ढिस्कोका अर्थमा नामाङ्करण गरेको अर्थ देखियो ।

दार्शनिक सन्दर्भ: कान्ट र ह्यूम

दार्शनिक इम्यानुअल केन्टले पुर्व ज्ञानबाट र डेबिड ह्यूमले आदतबाट मानिसले धारणा बनाउँछ भन्छन् । त्यहाँका नागरिकलार्इ गुइठा बनाउने पुर्वज्ञान थियो । गुइठा टाँसेर सुकाउने बानी थियो । त्यसैअनुसार बुझे र त्यसै अनुसार नामाङ्करण गरेका थिए ।

स्तुपा सम्बन्धका ती तथ्यले पनि पहिले बुद्ध दर्शनबाट प्रभाविक जीवन शैली विस्तार भएको देखाउँछन् । तर, बेलायतीले खोज गर्दासम्मको बीचको कालखण्डमा बुद्धको दर्शनलार्इ आदर्श मानेको जीवनशैली हराएको पुष्टि हुन्छ । म साँची पुग्दा मेरो मस्तिष्कमा बुद्ध विषयमा जुन ज्ञान थियो त्यसकै आधारमा मैले ती स्तुपालार्इ बुझिरहेको थिए । ती गाइडका पुर्बजलार्इ बुद्धका विषयमा ज्ञान थिएन त्यसैले गुइठा विषयमा भएको ज्ञानका भरमा सास र बहु बेठा नामाङ्करण गरेका रहेछन् ।

ती गाइडको परिचयपत्र पढ्न नमिल्ने गरी घाँटीमा झुण्डिएको थियो । सोध्दा पनि उनले मलार्इ आफ्नो नाम बताएनन् । मैले गाइडको फिस नतिर्ने गरी गफ गरेको हुनाले उनले त्यसो गरेका होलान । भोलिपल्ट स्तुपा भएका थुम्काको फेँदमा रहेको सङ्ग्रहालय(म्यूजियम)मा खटिएका सुरक्षाकर्मीले पनि बेठाको प्रसङ्ग जस्ताको तस्तै बताएकाले शङ्का गर्ने ठाउँ नै रहेन ।

अशोकको नामको अन्तिम पुष्टि

अशोकले साँचीमा पनि आफ्नो व्यक्तिगत नाम कहीं पनि लेखाएका थिएनन् । पहिलो शताब्दी ईसापूर्वको साँचीकै एउटा शिलालेखमा भने अशोकको नाम भेटियो । उक्त शिलालेख श्री सातकर्णी नामक एक अधिकारीद्वारा प्रायोजित थियो । त्यहाँको स्मारकलाई "भगवान अशोकको स्तूप" को रूपमा उल्लेख गरिएको छ। साँचीको यही बाह्य शिलालेख सम्बन्धी प्रमाणले अन्तिम रूपमा अशोकको नाम पुष्टि गर्यो ।

त्यसपछि बल्ल "देवनाम पृयदर्शी" वास्तवमै सम्राट अशोक नै थिए भन्ने पुष्टि भएको हो। लुम्बिनीको स्तम्भले २३०० वर्ष भन्दा पहिले बुद्धको जन्मस्थलको रूपमा यस ठाउँको पुष्टि गर्छ । तर यसको संरक्षकको रूपमा अशोकको भूमिका पुष्टि गर्न धेरै लामो समय लाग्यो । साँचीको प्रमाण र १९औं र २०औं शताब्दीको प्रारम्भिक वर्षहरूको वैज्ञानिक प्रयासहरूले सफलता हासिल गरेका छन्।

यात्राको संयोग: एमएफ हुसेन देखि उदयगिरीका गुफासम्म

मेरो यस पटकको साँची यात्रा चित्रकार एमएफ हुसेनले गर्दा जुरेको हो । उनले प्रदर्शन गरेका चित्रको विरोध भएको विषयमा पत्रकारलार्इ उनले दिएको जवाल लर्केर मलार्इ साँचीसम्म पुग्ने बनायो । उनले पत्रकारको प्रश्नको उत्तर अजन्ताका गुफामा भेटिने बताएका थिए । तर, अजन्ताका गुफा पुगेपछि बद्ध अध्ययन केन्द्रका गुफाले नालन्दा विश्वविद्यालय हुत्यायो । त्यो शिलसिला अहिले यता लम्केको हो । बुद्ध हुर्केको आँगनबाट ८ किलोमिटर पश्चिममा जन्मनुको कागतालीले गर्दा पनि मलार्इ यता डोर्याउन मदत गरेको हुनसक्छ ।

साँची मेलो पुग्न पर्ने गन्तब्य मध्येको एउटा थियो । तर, यसपाली त्यहाँ पुग्नु अर्कै संयोगले जुराएको हो । म वास्तवमा ब्रम्हगुप्त शुक्त लेखिएको भूमि उदयगीरीका गुफा पुग्न जाँदै थिएं । ती गुफा र साँची स्तुपा करिब ८ किलोमिटरको दुरीमा हुनुले एकै पटक दुवै गन्तब्य पुग्न पाएं ।

नालन्दामा आर्यभट्टले प्रतिपादन गरेका दुर्इ सिद्धान्त मध्ये हामीले पढ्ने गणितको सिद्धान्त ब्रम्हगुप्तले तीनै गुफामा बसेर ब्याख्या गरेका थिए । त्यसलार्इ अल खोहार्जीले अनुवाद गरेर अरबीमा पढाइयो । त्यहाँबाट त्यो शिद्धान्त यूरोप पुग्यो । यूरोपबाट बेलायतीले भारतमा शासन गर्दा फर्किर यतै आयो । यो लहरो बताउने पनि बेलायती नागरिक विलियम डाल्रिम्पल हुन । द गोल्डन रोड नामको पुस्तकमा यो सन्दर्भ उनले उजागर गरेका छन् ।

भिजुअल र साउण्ड प्रस्तुति: पीपल वा बरगद?

दिनभरि स्तुपा वरिपरि भ्रमण गर्दा थाहा नपाएको कुरा भोलिपल्ट म्यूजियम पुग्दा थाहा पाएं । साँझमा अध्यारो भए पछि सङ्ग्रहालय अगाडिको पार्कमा छोटो र माथि डाँडाको स्तुपामा अलि लामो भिजुअल र शाउण्ड प्रदर्शन हुनेरहेछ ।

ती दुबै अवसर छोप्ने जुक्ति जुराएं । पार्कभित्रको छोटो प्रस्तुती हेर्ने एउटा मात्र ग्राहकका रूपमा म थिएं ।

त्यसको आधा घण्टापछि स्तुपामा पर्ने गरी देखाइएको प्रस्तुती हेर्ने हामी १२ जना थियौं । आधुनिक प्रविधिले सुसज्जित तरिका रोचक पनि थियो । अझ एउटा जानकारी मेरालागि बिचारोत्तेजक पनि बन्यो ।

बुद्ध इतिहास र जातक कथा जोडेर त्यो प्रस्तुति बनाइएको रहेछ । बुद्धले ज्ञान प्राप्त गरेको बरगदको रूख मुनि भन्ने प्रस्तुति मेरालागि महत्वपूर्ण रह्यो । सामान्य बुद्ध सम्बन्धी चर्चामा पीपलको रूख(बोधिबृक्ष) मुनि बुद्धले ज्ञान प्राप्त गरेको भनिन्छ । बोध गयाको त्यो पिपलको रूखमुनि करिब आधा घण्टापछि बुद्धले ज्ञान प्राप्त गरेको जनविश्वास ब्याप्त छ ।

तर, त्यो साँचीको भिजुअल+शाउण्ड प्रस्तुतिमा बरगद(बर)को रूख मुनि ज्ञान प्राप्त गरेको भन्नुको अर्थ सुजाताको खिरसङ्ग हो भन्ने रूपमा मेरो बुझाइ रहेको छ । यसको तात्पर्य ज्ञान ध्यान गरेर बाहिय जगतबाट प्राप्त हुने हो कि आफूभित्र विकास गर्ने हो भन्ने गहन प्रश्नसङ्ग पनि सान्धर्विक छ । खान पिन नगरेर मर्नै लागेको अवस्थामा खीर खाएपछि मस्तिष्कले काम गर्न थाल्नु नै बुद्धले प्राप्त मुल ज्ञान हो भन्ने म ठान्दछु । त्यस पछिको पिपलको रूखमुनि त उनले त्यो यथार्थलार्इ बोधसम्म गरेको हुनुपर्छ ।

मस्तिष्कविज्ञानको दृष्टि

सुजाताको खीरले बुद्धको शारीरिक पुनर्जन्यलाई सम्भव पारेको हो । उक्त तथ्यलाई मस्तिष्कविज्ञानको दृष्टिले पनि हेर्नु पर्दछ । बुद्धको जमानामा थाहा नभएका विज्ञानका तथ्य अहिले उजागर भैसकेका छन् । मष्तिस्कले कसरि काम गर्छ भन्ने विज्ञान अहिले धेरै हदसम्म चिकित्सा विज्ञानका रूपमा हेरिन्छ । यसले संज्ञानात्मक प्रक्रियाहरूमा शारीरिक स्वास्थ्य र पोषणको गहिरो भूमिका रेखाङ्कन गर्छ। ज्ञानको खोजी केवल अन्तर्मुखी चिन्तनमा मात्र होइन, तर एक best-performing मस्तिष्कको लागि आवश्यक शारीरिक आधारभूत आवश्यकताहरू पूरा गर्नु पनि हो। यसले 'एम्बोडाइड कग्निशन' (embodied cognition) को विज्ञानसँग सम्बन्ध जोड्छ। हाम्रो शरीर, मस्तिष्क र वातावरणको अन्तःक्रियाले नै ज्ञान र बुद्धिमत्ता गठन हुन्छ। त्यसैले, बाह्य जगत् र भित्री विकासबीचको दिगो तनाव नै बुद्धत्वको मार्ग हो।


Published on ukaalo.com

Recent Blogs